Saturday, August 29

स्वास्थ्य

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ। शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शनिबार जनाएका छ्न्। संक्रमित हुनेमा पोखरा महानगरका ८९ वर्षीय वृद्ध र २५ वर्षीय युवासहित तनहुँका ४ जना,बागलुङका ३, जना, म्याग्दीका २ र स्याङ्जाका ३ जना पुरुष रहेका छ्न्। सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ। शुक्रबार क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमूनाहरु परिक्षण गरिँदा १४ जनामा संक्रमण भेटिएको हो।...
बालाजु बृत्तमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

बालाजु बृत्तमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौँ । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ । गोरखा घर भएका उनी हाल काठमाडौँ टोखा नगरपालिका बस्दै आएका थिए ।...
काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण

नेपाल अखबार,काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।...
कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । ...
थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण
समाचार, स्वास्थ्य

थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो । विगत २४ घण्टामा २५ वटा  प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।...
काठमाडौंमा ५ सहित १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा ५ सहित १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसका काठमाडौंका ५ जना समेत रहेका छन् । योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए । यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।...
निजी क्षेत्रको नेशनल प्याथ ल्याबले पायो पीसीआर परीक्षणको अनुमति
समाचार, स्वास्थ्य

निजी क्षेत्रको नेशनल प्याथ ल्याबले पायो पीसीआर परीक्षणको अनुमति

नेपाल अखबार, बुटवल। सरकारले निजी क्षेत्रमा नेशनल प्याथ ल्याब बुटवललाई आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति दिएको छ। नेशनल प्याथ ल्याबले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिनेसम्बन्धी ‘निर्देशिका २०७७’ अनुसार सबै मापदण्ड पूरा गरी बुटवल–१२ बेलबासस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा लायन्स उपचार केन्द्रको भवनमा बायोसेफ्टी लेबल–२ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको ल्याबका प्रबन्धनिर्देशक पवन जोशीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राविधिक टोलीको अनुगमन तथा मूल्यांकन रिपोर्टका आधारमा अनुमति दिइएको हो। प्रयोगशालाले जैविक सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रयोगशाला रहेको स्थानभन्दा बेग्लै स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ। सरकारी अनुमति पाएको नेसनल प्याथ ल्याबले अहिले सरकारले उपलब्ध गराएक...
थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
समाचार, स्वास्थ्य

थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।...
चीनमा निर्मित अर्को कोरोनाभाइरसविरुद्धको सम्भावित खोप परीक्षणको तेस्रो चरणमा
विश्व, स्वास्थ्य

चीनमा निर्मित अर्को कोरोनाभाइरसविरुद्धको सम्भावित खोप परीक्षणको तेस्रो चरणमा

नेपाल अखबार, एजेन्सि। चीनको सिनोभाक बायोटेकले कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा सुरु गर्ने भएको छ । योसँगै खोप निर्माणको तेस्रो चरणमा पुग्ने यो तेस्रो कम्पनी बनेको छ । ब्राजिलको नियामक निकायले फास्ट ट्रायकमा कम्पनीलाई खोपको परीक्षणका लागि अनुमति दिएको सोमबार जानकारी दिइएको हो । सिनोभाकका अनुसार ब्राजिलियन खोप निर्माता इन्सटिट्युटो बोटान्टानसँगको सहयकार्यमा तेस्रो चरणको परीक्षण सञ्चालन गरिनेछ । यसमा कोभिड–१९ सेन्टरमा ९ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ र यो महिनादेखि नै परीक्षण सुरु गरिनेछ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको अस्ट्राजेनेकाको खोप र चीनको चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले पनि तेस्रो चरणको परीक्षण गरिरहेको छ । मोर्डनाले यो महिनाको अन्त्यदेखि तेस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ । सिनोभाकले ज...
मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’
विश्व, स्वास्थ्य

मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’

नेपाल अखबार, एजेन्सि। सामाजिक सञ्जालमा ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोको एक भिडियोको अहिले ठूलो आलोचना भइरहेको छ । पत्रकारसँगको कुराकानीका क्रममा यस भिडियोमा उनले नाटकीय रुपमा मास्क फुकालेका छन् । भिडियोमा देखिन्छ कि उनले पत्रकारको एक प्रश्नको जवाफ दिने क्रममा एक कदम पछाडि हटेर मास्क उतारेका छन् अनि मात्रै बोल्न थालेका छन् । ‘सबै ठिक छ, म ती मानिसलाई धन्यवाद भन्न चाहन्छु जसले मेरा लागि प्रार्थना गरे । म बिलकुल ठिक छु ,’ उनले भनेका छन् । मास्क उतार्नुभन्दा केही सेकेन्ड पहिले नै यही अन्तर्वार्तामा उनले सञ्चारमाध्यमसामु आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए । ब्राजिलमा सामाजिक सञ्जालमा यो भिडियो निकै शयर भएको छ र जनताहरुले ‘बोल्सेनारो यस्तो हरकत देखाएर के प्रमाणित गर्न चाहन्छन्’ भन्दै प्रश्न सोधेका छन् ।’ यसअघि मास्क नलगाएका कारण बोल्सेनारो आलोचित भएका थिए । उनले कोरोनाबारे हल्काफुल्का...