Friday, August 28

स्वास्थ्य

थप २९३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप २९३ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना छन् । डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तप...
सुदूरपश्चिम प्रदेशमा  ६९ जनामा कोरोना संक्रमण
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा ६९ जनामा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला,   बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । त्यस्तै, ७६ जना संक्रिमित निको भएर घर गएका छन् । टीकापुरका २, बैतडीका २३ र डडेल्धुरा अस्पतालबाट ५१ संक्रमित डिस्चार्ज भएका हुन् । प्रदेशमा निको हुनेको संख...
३२ देशका २३९ वैज्ञानिकले भने, ‘कोरोनाभाइरस हावाबाट पनि सर्न सक्छ’
विश्व, स्वास्थ्य

३२ देशका २३९ वैज्ञानिकले भने, ‘कोरोनाभाइरस हावाबाट पनि सर्न सक्छ’

नेपाल अखबार, एजेन्सि। विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् । डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ । न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् । पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि...
बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । उनका अनुसार केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।...
आइतबार कहाँ कति  कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

आइतबार कहाँ कति कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार...
भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

नेपाल अखबार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ । त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा २६ ...
छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’
विश्व, स्वास्थ्य

छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

नेपाल अखबार, एजेन्सि। दक्षिण क्यालिफोर्नियाका बासिन्दा रिचर्ड ग्यारेलाई जुन पहिलो हप्तामा कोरोनाभाइरसको संक्रमण देखियो । त्यहि समयमा उनका बुवा बिरामी भएको रिचर्डले जानकारी दिए । त्यसको दुई हप्तापछि उनका बुवा भिडाल ग्यारेको कोभिड–१९ का कारण मृत्यु भयो । त्यतिबेलादेखि उनको परिवारका २८ जनामा कोरोनाको संक्रमण देखिएको उनले बताए २७ वर्षका रिचर्डले सीएनएनलाई दिएको जानकारी अनुसार उनको परिवारले क्वारेन्टिनका लागि तोकिएको निर्देशिका पालना गरेका थिए । ‘मलाई लाग्छ, यो न्यूनतम सम्पर्कको माध्यमले भएको हो,’ उनले भने । उनका अनुसार उनको बुवालाई संक्रमणको कुनै लक्षण देखिएको थिएन । आफूलाई संक्रमण भएको थाहा नपाउँदा उनले तीनवटा घरमा भ्रमण गरेको छोरा रिचर्डले बताए । उनका अनुसार भेटघाट निकै संक्षिप्त थियो, कतिजनालाई त १० मिनेटका लागि पनि भेटेका थिएनन् । रिचर्डले आफ्नो परिवारबारे जानकारी दिएर यो भाइरस वास्तविक...
गण्डकीमा संक्रमित संख्या १०९१ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा संक्रमित संख्या १०९१ पुग्यो

नेपाल अखबार, पोखरा । बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ । स्वास्थ्य  निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ । यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् ।...
सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,

नेपाल अखबार, कैलाली । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । थप पुष्टि भएकामध्ये कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । त्यसैगरि डोटीका ४  पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८०, बझाङ्गका १३९, बाजुरा ३९०, डडेल्ध...
कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो
समाचार, स्वास्थ्य

कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको हो । पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश अस्पताल सुर्खेतका एक महिलासहित ३ जना रहेका छन् । यस्तै, शनिबार कर्णालीमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका ५ र दैलेखका एक जना रहेको महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । सल्यानका संक्रमितहरू दार्मा गाउँपालिका वडा नं. १, ५ र ६ का ५ जना पुरुष रहेका छन् ।...