Friday, August 28

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज २३२ थपिए
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज २३२ थपिए

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ। त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।...
गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित, एकको मृत्यु
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित, एकको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ९ जना नयाँ संक्रमितहरु थपिएका हुन्। जसमा पोखरा महानगरपालिकाका ४ पुरुष रहेका छन् भने गोरखाको पालुङटार नगरपालिकाका ३ र लखन थापा गाउँपालिकामा २ गरी ५ जना रहेका छन्। योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १०८८ पुगेको छ। संक्रमण पुष्टि भएका गोरखाका ४ र कास्कीका ४ गरी ८ जना व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। शनिबार नै संक्रमण पुष्टि भएका गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको भने गोरखा अस्पतालमा निधन भएको र उनको शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ।...
पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि
विदेश, स्वास्थ्य

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, एजेन्सि। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।...
विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

नेपाल अखबार, एजेन्सि । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।...
ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित
विश्व, स्वास्थ्य

ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित

नेपाल अखबार, एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ । ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ । कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेक...
क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण

नेपाल अखबार, सप्तरी।  सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए। उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए। सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु ड...
कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।...
शरीरको फोहोर रगत सफा गर्ने ५ पेयपदार्थ
समाज, स्वास्थ्य

शरीरको फोहोर रगत सफा गर्ने ५ पेयपदार्थ

नेपाल अखबार, एजेन्सी ।  रगतद्वारा हाम्रो शरीरको पूरै प्रणाली सञ्चालन हुन्छ । शुद्ध रगत नै हाम्रो जीवनको आधार हो । रगतले नै हाम्रो शरीरको हरेक अंगमा अक्सिजन र पोषक तत्त्व सञ्चार गर्ने काम गर्छ । शरीरमा हर्मोनहरु पनि रगतबाट नै उत्पादन हुने गर्छ । त्यसैले शरीरमा भएको रगतमा कुनै खराबी वा समस्या आएमा पूरै शरीरलाई असर पर्न जान्छ । प्रायः हामीले खाने खानेकुरामा यस्ता थुप्रै तत्त्वहरु पाइन्छन् जसले शरीरलाई नोक्सान पुर्याइरहेको हुन्छ । कुनै कुनै तत्त्वहरु हाम्रो शरीरका लागि अनावश्यक हुन्छ । त्यस्ता तत्त्वहरुलाई टोक्सिन्स भन्ने गरिन्छ । समय समयमा टोक्सिनलाई शरीरबाट निकाल्नको लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ । शरीरमा भएको रगतलाई शुद्ध बनाउनको लागि खानेकुरामा केही पदार्थहरु सामेल गर्नुपर्छ । साग/सब्जी वैज्ञानिक प्रयोगपछि केही साग तथा सब्जीहरुले रगत सफा गर्नको लागि उपयोगी हुने पत्ता लागेको छ । पाल...
भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । दोस्रो सबैभन्दा प्रभावित राज्य तामिलनाडुमा अहिलेसम्म कोरोना भाइरसका ९८ हजार ३९२ संक्रमि...
गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवन र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो । शुक्रबार पुष्टि भएका संक्रमितमध्ये नवलपुरमा १९, तनहूँमा ९, पर्वतमा ३ र बागलुङमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार नवलपुरको कावासोतीमा ११ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपुरकै मध्युबिन्दुमा ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ । तनहूँको भिमादमा २ र ऋषिङमा ७ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, पर्वतको बिहादी, फलेबास र पैँयुमा एक एक गरि ३ पुरुषमा कोरोना पुष्टि भएको छ । बागलुङको जैमिनीमा पनि कोरोना भाइरसका एक पुरुष संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।...