Friday, August 28

स्वास्थ्य

क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, धनगढी । क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पाेट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । त्यसको केही दिनपछि रिर्पाेट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’ वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् । अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । ‘उहाँहरू कतिको सम्पर्कमा आउनु भयो भनेर सोधपुछ गर्दैछौँ,’ कुँवरले भने, ‘सम्पर्कमा आएका सबैको पीसीआर टेस्ट आवश्यक देखिएको छ ।’ नगरपालिकाले क्वारेन...
कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

नेपाल अखबार, काठमाडाैं । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार  कोरोना संक्रमित  पुष्टि  भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।...
गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका

नेपाल अखबार,काठमाडौं । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् । लमजुङका मध्ये ४ जना मध्यनेपाल २६ ४१ २७ ५० वर्षका पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।...
कोरोना विश्वअपडेट : एकै दिन झण्डै दुई लाखमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना विश्वअपडेट : एकै दिन झण्डै दुई लाखमा संक्रमण

नेपाल अखबार, एजेन्सि। गएको २४ घण्टामा विश्वभर झण्डै दुई लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजार आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अबधिमा संक्रमणको कारण विश्वभर चार हजार आठ सय ३५ जनाले ज्यान गुमाएका छन्। एकै दिन अमेरिकामा ५० हजारभन्दा धेरै, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार चार सय २८, रुसमा साढे ६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। संक्रमणको कारण हालसम्म विश्वभर पाँच लाख १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने करिब एक करोड आठ लाखमा संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने अमेरिकामा ६ सय ६७, भारतमा चार सय ३८, मेक्सिकोमा ६ सय ४८ जनाले ज्यान गुमाएका छन्।...
बालबालिकालाई आजदेखि रोटा भाइरसविरुद्धको खोप दिइँदै
समाचार, स्वास्थ्य

बालबालिकालाई आजदेखि रोटा भाइरसविरुद्धको खोप दिइँदै

नेपाल अखबार, काठमाडाैं। नेपालमा आज (बिहीबार) देखि रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आउदै छ। ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपालमा रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आएको परिवार कल्याण महाशाखाले जनाएको छ। आजदेखि नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिए। रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिने गरिन्छ। स्वास्थ्यकर्मीका अनुसार रोटा भाइरसविरुद्धको खोप शिशु जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिनुपर्छ। पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल ल्याएको छ। देशभरका एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिने तयारी छ। यो खोप एक साताभित्र देशका सात वटै प्रदेशमा पठाइने डा.गौतमले जानकारी दिए।...
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा कोरोान संक्रमण देखिएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनम...
भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु

नेपाल अखबार, एजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६५३ नयाँ संक्रमित फेला परेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार ८५५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २०१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ...
गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् । बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।...
नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै
प्रदेश ७, स्वास्थ्य

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

नेपाल अखबार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् । “महिलाहरु ...
‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’
विश्व, स्वास्थ्य

‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’

नेपाल अखबार, एजेन्सि । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन ।’ यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ । विश्व...