Friday, August 28

स्वास्थ्य

१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज
समाचार, स्वास्थ्य

१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज

नेपाल अखबार, चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो । सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्षण नदेखिएका र १४ दिन कटेका...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो
विश्व, स्वास्थ्य

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या एक लाख २२ जार नाघेको छ। वल्र्डओमिटरका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६ सय दुई जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। यो मंगवलबार बिहान पौने सात बजेसम्मको तथ्यांक हो। कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार दुई सय ३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने तीन सय ५५ जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या चार लाख ७३ हजार चार सय ५४ पुगेको छ। ९१ लाख ७९ हजार एक सय आठ जना संक्रमित भएका छन्। सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार आठसय ५८ जनाको ज्यान गएको छ।...
गाउँपालिका एक हप्ता बन्द
प्रशासन, स्वास्थ्य

गाउँपालिका एक हप्ता बन्द

नेपाल अखबार, तनहुँ। तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्ण...
सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा

नेपाल अखबार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा माथिको संख्या १.४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । बालबालिकाहरुको सूचीमा बाजुरा जिल्ला, गौरी गंगा नगरपालिकाकी क्वोरन्टिनमै जन्मिएकी एक बालिका पनि रहेकी छिन् । कुल संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा बढी ४७६ अर्थात् करिब ४७ प्रतिशत रहेको छ । यस्तै ३०-३९ वर्ष उमेर समूहका २२८ अर्थात् २२.६४ प्रतिशत १०-२९ वर्ष उमेर समूहका १२१ अर्थात् १२ प्रतिशत, ४०-४९ वर्ष उमेर समूहका ८.४४ प्रतिशत र ५०-५९ वर्ष उमेर स...
पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज, निको हुने संख्या २१ सय ४२ पुग्यो

नेपाल अखबार, काठमाडाैंं। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनाबाट निको भएको बताए। उनका अनुसार हालसम्म निको हुने संख्या २ हजार १ सय ४२ पुगेको छ। त्यस्तै, क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेका छन्। रसुवाबाहेक नेपालका ७६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् भने आज कुनै पनि मृत्यु नभएको उनले बताए। त्यस्तै सरकारले १ लाख ८१ हजार ३ सय ७१ पीसीआर परीक्षण भएको जनाएको छ। त्यस्तै, २ लाख ६८ हजार १ सय ३ आरडीटी परीक्षण भएको छ।...
नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि

नेपाल अखबार , काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ३५ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ९ हजार ५ सय ६१  पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २  हजार १ सय ४२  जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ  गर्नेको संख्या ३ सय ७० रहेको छ  । नेपालमा कोरोना भाइरसबाट हालसम्म  २३ जनाको ज्यान गएको  छ ।...
विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित
विश्व, स्वास्थ्य

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा ...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो

नेपाल अखबार, कैलाली । आइतबार थप ७६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो । यसअघि नै १ सय ३८ जना संक्रमित निको भइ घर फर्किसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको  सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार...
स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

नेपाल अखबार, पोखरा ।  स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेक...
२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल

नेपाल अखबार,गुल्मी । गुल्मीमा एक जना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ। सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन्। सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए। ती महिलालाई आरडीटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्प...