नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७ जना पुरुष तथा १ महिला, म्याग्दीका १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष र स्याङ्जाका १ पुरुष रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ६८ जना पुरुष, बागलुङमा ६७ जना पुरुष तथा ७ महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट...