Thursday, August 27

स्वास्थ्य

गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित १९२ पुगे
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित १९२ पुगे

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बर्ष १८, ३२, ५८ र ५९ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनीहरु चारै जना नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पुरुषहरु रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई  रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ। आज शुक्रवार नै  पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना गरी ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४० जना पुरुष त...
धादिङको ज्वालामुखीमा २७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

धादिङको ज्वालामुखीमा २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । १६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । कुल संक्रमितमध्ये सुनखानी मावि क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माविमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए । पीसीआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएका बाँकी सबैलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्नेगरी घर पठाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।...
कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो
समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए । ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनकाे मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गाैतमले जानकारी दिए ।...
नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुग्यो, कुन प्रदेशमा कति संक्रमित?
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुग्यो, कुन प्रदेशमा कति संक्रमित?

नेपाल अखबार, काठमाडाैं। नेपालमा बिहीबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ। बिहीबार थप २५० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको हो। यो पछिल्लो केही दिनको तुलनामा सबैभन्दा कम संक्रमितको संख्या हो। यसअघि बुधबार २८९, मंगलबार ३२३ र सोमबार ३१४ जनामा कोरोना पुष्टि भएको थियो। बिहीबार देखिएका संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देववकोटाले जानकारी दिए। १ लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय १४ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोना संक्रमणका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। त्यस्तै अहिलेसम्म ८७ महिलासहित ८६१ जना रहेका छन। पछिल्लो २४ घण्टामा ८ महिला १७९ पुरुष गरी १८७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए। ...
सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, भारतमै अन्त्येष्टि गरिने
समाचार, स्वास्थ्य

सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, भारतमै अन्त्येष्टि गरिने

नेपाल अखबार,  बुटवल । भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’ भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो । उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।...
गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए । संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्। उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए। उनीहरु मध्य एक जना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीन जना भारतबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्। एक महिला र एक पुरुष अश्राङका, मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ। संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्...
२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)
समाचार, स्वास्थ्य

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)

नेपाल अखबार, काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा...
कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेका तयारी र योजनाबारे जानकारी गराएका हुन। कोरोना संक्रमण नियन्त्रणका लागि प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको स्थापना, सबै अस्पतालमा शंकास्पद बिरामी जाँच गर्न छुट्टै कक्षको व्यवस्था, हब तथा सेटलाइट अस्पतालहरुमा पनि आइसोलेसन वार्डको व्यवस्था, आवश्यकता अनुसार खरिपाटी र नगरकोट क्वारेन्टाइनलाई निरन्तरता दिने, दैनिक जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गर्नेलगायत व्यवस्था गरिएको जानकारी देवकोटाले गराए।...
विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचअो) ले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिन-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले अन्तिम दुई सातामा चीन भन्दाबाहिर संक्रमितको संख्या १३ गुणाले बढेको बताए। उनले संक्रमणले खतराको घण्टी बजाइरहेको अहिलेको अवस्थाप्रति आफू गहिरो चिन्तामा रहेको उल्लेख गरे।  कुनै रोग एकै समयमा धेरै देशमा फैलिएमा डब्लुएचअोले विश्वव्यापी महामारी घोषणा गर्छ।  डा. टेड्रोसले कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा गरे पनि यसको नियन्त्रणका लागि देशहरूले गर्नुपर्ने कामबारे डब्लुएचअोले दिएका सुझावलाई कुनै परिवर्तन नगर्ने बताए। ...
आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द
पर्यटन, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ । अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।...