इनरुवा अस्पतालमा हाडजोर्नी अप्रेसन सेवा सूचारु
नेपालअखबार, इनरुवा। विगत लामो समय अघिदेखी लथालिङ रहेको इनरुवा अस्पताल सुधार उन्मुख बन्ने क्रममा निरन्तरता दिदैँ हिजो बिहिबारबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गरेको छ । रेफरल अस्पतालको नाममा बद्नाम गर्दै आएको इनरुवा अस्पतालमा गत केही समय अघि देखी बिभिन्न सेवाहरुको विस्तार हुन थालेपछी सेवाग्राहीहरु अहिले खुशी हुन थालेका छन् ।
इनरुवा अस्पतालमा सेवा नपाई बिराटनगर र धरान जाने बाध्यताबाट धेरै हद सम्म मुक्ति पाएका सेवाग्राहीले यस अघि इनरुवा अस्पतालबाट धेरै सेवाहरु विस्तार हुदै जाँदा थप सेवाहरु पाउँदै आएका छन् । इनरुवा अस्पतालमा मेसुका रुपमा डा. श्रेया पंगेनी आएपछी बिभिन्न सेवाहरुको विस्तार हुँदा नगरबासीसँगै आसपासका सेवाष््राहीहरुले थप सेवा सुबिधा पाउन थालेको इनरुवा १ का कृष्ण श्रेष्ठ बताउँछन । उनका अनुसार अहिले इनरुवा अस्पतालमा बिरामी जाँदा त्यहाँकाृे जनशक्तिले भ्याएसम्म सफल उपचारमा कुनै ...









