यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त
नेपालअखबार,एजेन्सि । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।
नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।
ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो। द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मिर्गौला रोगका कारण भएको थियो।
न...










