Thursday, July 16

स्वास्थ्य

विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ
प्रशासन, समाचार, स्वास्थ्य

विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ

नेपालअखबार, कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’ औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ। प्र...
चीनमा सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट
विश्व, समाचार, स्वास्थ्य

चीनमा सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट

नेपालअखबार, बेइजिङ । चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईले अरू कतै विरलै देख्नुहुनेछ। चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ, जसमा पिसाब गरेपछि सजिलै जाँच गर्न सकिन्छ। यसको प्रयोगको लागि त्यहाँ मूल्य तिर्नुपर्छ। अडिटी सेन्ट्रल न्युज वेबसाइटको रिपोर्ट अनुसार बेइजिङ लगायत चीनका अन्य सहरहरूमा (चाइना युरिन टेस्ट इन युरिनल) सार्वजनिक ठाउँका बाथरुममा विशेष युरिनल (शुल्क तिरेर युरिनले पिसाब परीक्षण) स्थापना भइरहेका छन् । यी पिसाबहरू मल वा घुम्न जाने ठाउँहरूमा पनि जडान गरिएको छ। यिनीहरूको विशेषता यो हो कि यसमा पिसाब गर्दा कसैले चाहेमा आफ्नो पिसाब पनि परीक्षण गर्न सक्छ । हाइटेक युरिनलमा डिजिटल डिस्प्ले र बिल्ट-इन भुक्तानी विधि छ।युरिनलमा लुकेका सेन्सरहरू पनि छन्, जसबाट क्याल्सियम, ग्लुकोज, प्रोटिन, किटोन बडी...
यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त
विदेश, समाचार, स्वास्थ्य

यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

नेपालअखबार,एजेन्सि  । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै  बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए । ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो।  द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मिर्गौला रोगका कारण भएको थियो। न...
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन: मन्त्री लिम्बू
समाचार, स्वास्थ्य

सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन: मन्त्री लिम्बू

नेपालअखबार, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित लेखक नवीन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मिलेर खेल क्षेत्रको विकासमा जुट्न सबैलाई आह्वान गरे । उनले भने, ‘सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन । निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको अवस्था छ । निजी क्षेत्रलाई नजोडी खेल क्षेत्र अघि बढ्न सक्दैन भनेर विभिन्न कार्यक्रममा पनि जोडिरहेका छौँ ।’ मन्त्री लिम्बूले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए ।...
थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने
राजनीति, समाचार, स्वास्थ्य

थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने

नेपालअखबार, काठमाडाैं। दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ। अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी सम्झौता भएको हो। यो परियोजना संघीय मामिला तथ...
प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने
समाचार, समाज, स्वास्थ्य

प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने

नेपालअखबार, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ‌ शिशु प्रदर्शनी गर्ने भएको छ।  अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो । जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि  हुने अस्पताले जनाएकोे छ। प्रदर्शनीमा सहभागि गराउ चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ। दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा गर्नुपर्ने हुन्छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ।...
नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निस्शुल्क शल्यक्रिया हुने
समाचार, समाज, स्वास्थ्य

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निस्शुल्क शल्यक्रिया हुने

नेपालअखबार, पाेखरा। नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र ९एमओयू० मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् । फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ । संघ र फाउन्डेशनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो बर्षका लागि करिब ८ हजार बिरामीहरुको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो । आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन ग...
निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं : मन्त्री बस्नेत
राजनीति, समाचार, स्वास्थ्य

निःशुल्क बेड नदिने अस्पताल बन्द गराउछौं : मन्त्री बस्नेत

नेपालअखबार,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क शय्या (बेड) नदिने अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गका लागि १० प्रतिशत शय्या निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने वा सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । ‘स्वीकृति लिँदा सरकार र अस्पतालको बीचमा १० प्रतिशत शय्या र उपचार निःशुल्क उपलब्ध गराउने सहमति हुन्छ । त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निःशुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्’, मन्त्री बस्नेतले भने, ‘यदि कुनै अस्पतालले कार्यान्वयन नगरेको भए जो–कोहीले सुझाव दिन सक्नुहुनेछ । जुन अस्पतालले कार्यान्वयन गर्दैन त्यस्तालाई चल्न नदिने वा नवीकरण नै रोकिदिन्छौं ।’ मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकले परिचयपत...
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
समाचार, स्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

नेपालअखबार, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्र्दै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिएको हो । जारी विज्ञप्तिमा राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा रहनुभएको जनाइएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई एक हप्ताअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।...
जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए…
विश्व, समाचार, स्वास्थ्य

जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए…

नेपालअखबार, बेइजिङ । डाक्टरलाई संसारमा भगवानको दर्जा दिइएको छ किनभने अन्तिम क्षणमा बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । चीनमा पनि यस्तै भएको छ, जहाँ चिकित्सकको टोलीले विरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेको छ । हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भुत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन्। यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ। चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो । त्यसपछि डाक्टरहरूले यो बायाँ हातलाई बिरामीको खुट्टाले सिलाए, जसले गर्दा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ। खुट्टामा जोडिएको यो हातको तस्बिर सामाजिक सञ्जा...