Wednesday, July 15

स्वास्थ्य

थपिए ६३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थपिए ६३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।...
भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द
समाचार, समाज, स्वास्थ्य

भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

नेपालअखबार, इलाम।  मङ्गलबारे रुघाखोकी र ज्वरो बढेपछि इलाममा विद्यालय बन्द गर्न थालिएको छ । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।...
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ । जसमध्‍ये ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५३ जना र १ हजार ७१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ ।  जसमध्‍ये ३ हजार जना होम आइसोलेसनमा रहेका छन् भने १२७ जना संस्थागत आइसोलेसन र २७ जना आईसीयूमा छन् । यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना...
पछिल्लो २४ घण्टामा थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र​ काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।...
कारोनाको संक्रमित बढेपछि सीमा क्षेत्रमै परीक्षण
समाचार, स्वास्थ्य

कारोनाको संक्रमित बढेपछि सीमा क्षेत्रमै परीक्षण

नेपालअखबार, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेहरूबाट कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले परीक्षण गर्न थालेका हुन्। शंकास्पद व्यक्तिमा सीमा क्षेत्रमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ। सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँचजनामा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमध्ये शंकास्पद व्यक्तिमा एन्टिजेट विधिबाट परीक्षण गर्दा पोजेटिभ नतिजा आउनेको संख्या बढ्दो छ। ‘एक साताको अवधिमा २२ जनामा संक्रमण देखिएको र आइतबार बिहान मात्रै चार जनाको नतिजा पोजेटिभ आएको पाइएको छ,’ उनले भने, ‘गत मंगलबार पनि नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो।’ दैनिक दुई सयभन्दा बढीमा एन्टिजेन परीक्षण हुँदै आएको छ। परीक्षण ...
तनहुँको व्यासमा पुरुषको शव फेला
समाचार, स्वास्थ्य

तनहुँको व्यासमा पुरुषको शव फेला

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।...
देशभर थपिए ३३५ सङ्क्रमित
समाचार, स्वास्थ्य

देशभर थपिए ३३५ सङ्क्रमित

नेपालअखबार, काठमाडाै । नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । उता, थप २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।...
थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।...
भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढी कोरोना संक्रमित
समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढी कोरोना संक्रमित

नेपालअखबार, एजेन्सि। छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।...
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।  ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् । राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।...