Sunday, August 9

स्वास्थ्य

जनशक्ति नहुँदा बिरामीलाई सास्ती
समाचार, स्वास्थ्य

जनशक्ति नहुँदा बिरामीलाई सास्ती

नेपालअखबार, पर्वत। गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चारजना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याबलगायत विभिन्न भागमा कार्यरत रहँदै आएका थिए । प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताए । जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भए पनि जनशक्ति अभावले जिल्लावासी निराश बनेका छन् । पन्ध्र शय्याको अस्पताललाईस्त...
पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिए

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् ।...
पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।...
फेरि अमेरिकी राष्ट्रपति बाइडन  पनि कोरोना संक्रमित
विश्व, समाचार, स्वास्थ्य

फेरि अमेरिकी राष्ट्रपति बाइडन पनि कोरोना संक्रमित

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् । राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ । उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् । बाइडनका डाक्टरहरुले उनलाई उपचारको आवश्यकता अहिलेसम्म नदेखिएको तर नजिकबाट निगरानीमा राखिएको जनाएका छन् ।...
एसिडपीडितलाई निःशुल्क उपचार
प्रशासन, समाचार, स्वास्थ्य

एसिडपीडितलाई निःशुल्क उपचार

नेपालअखबार,  काठमाडाैं । सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए । पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।...
पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४...
पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार,  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।...
पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२३६ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। २१५ जना संक्रमित निको भएका छन्।...
काभ्रेमा ९ जनालाई डेंगी पुष्टि
समाचार, समाज, स्वास्थ्य

काभ्रेमा ९ जनालाई डेंगी पुष्टि

नेपालअखबार, काभ्रे। काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ। क...
फेरि चीनको वुहानमा लकडाउन
विश्व, समाचार, स्वास्थ्य

फेरि चीनको वुहानमा लकडाउन

नेपालअखबार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।...