Sunday, July 12

स्वास्थ्य

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिए
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।...
ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ब्राजिललाई उछिन्दै भारत बन्यो कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६...
सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
समाचार, स्वास्थ्य

सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल अखबार,सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गाते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ। शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपु  पुगेका उनको अन्तत ज्यान गुमाउनु परेको छ । उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो । योसहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। मिर्चैया नगरपालिकामा मात्र ३ ज...
चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि
समाचार, स्वास्थ्य

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि

नेपाल अखबार, चितवन । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन् । हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त...
पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहानै ३१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशका विभिन्न चार जिल्लामा गरी ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखरामा थपिएका मध्य २५ जना पोखरामा फुड्समा कार्यरत छन् । उनीहरु मध्ये १७ जना महिला र अन्य पुरुष छन् । त्यसैगरी पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी हुन् । त्यसैगरी मेडिसिटी अस्पतालमा उपचाररत दुई जना विरामीमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ । त्यसैगरी नवलपरासीमा १५ जना,गोरखामा १८ र तनहुँमा तीन जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।...
वीर अस्पताल अब कोभिड विशेष अस्पताल बनाउने निर्णय
प्रशासन, समाचार, स्वास्थ्य

वीर अस्पताल अब कोभिड विशेष अस्पताल बनाउने निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले मुलुकको जेठो अस्पताल वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार बिफ्रिङमा जानकारी दिए । उनका अनुसार वीर अस्पतालको नियमित स्वास्थ्य सेवा भने अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ । नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ । पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए । सरकारले विभिन्न शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षाका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको काममा खटाउने भएको छ । ...
स्वास्थ्य मन्त्रालयले  भन्याे,  कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याे, कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल अखबार,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमा कोरोनाबारे बिना आधार, बिना तथ्य बोल्नेलाई कारवाही गर्ने बताएका हुन । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले भनेका बाहेकका कुरा सार्वजनिक  नगर्न नि आग्रह गरे ।‘कोरोना भ्रम हो, यो उब्जाइएको समस्या हो भने विभिन्न व्यक्तिहरूले बोलीरहनु भएको छ’ गौतमले भने, ‘त्यसरी बोल्नेहरूलाई कानून अनुसार कारवाही गर्छौं ।’...
काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण

नेपाल अखबार,काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।...
नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आज देशभरी ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएकोमा महिला २ सय ९० र ६ सय ९० जना पुरुषमा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ६८...
कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७
समाचार, स्वास्थ्य

कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७

नेपाल अखबार, पाेखरा। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ...