Sunday, July 12

स्वास्थ्य

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव
समाचार, समाज, स्वास्थ्य

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

नेपाल अखबार, चितवन। कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जनाकारी दिए ।...
अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो । एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ । यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् । यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ । भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन...
पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । पोखरा १० की  ती मृतक बृद्धा बिरामी परेपछि मेडिप्लस अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । उपचारको क्रममा कोरोना संक्रमणको आशंका भएपछि उनको स्वाब जाँचको लागि पठाइएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई सोमबार मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि लगिएको थियो । कोरोना संक्रमणबाट गण्डकीमा हालसम्म २० जनाले ज्यान गुमाएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी नवौं महिला हुन् ।...
नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।...
पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा आज पुनः २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पार्क ल्याड अस्पतालमा कार्यरत २७ वर्षीया चिकित्सकमा पनि संक्रमण देखिएको छ । पोखरा औद्योगिक क्षेत्रमा अवस्थित पोखरा फुड्समा कार्यरत २० महिला र चार पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष पनि संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा नौ र तनहुँमा तीन जना थपिएका छन् ।हालसम्म प्रदेशमा संक्रमित दुई हजार ६५० पुगेको छ भने २० जनाको मृत्यु भएको छ ।...
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यो जम्मा संक्रमितहरुबाट मृतयु हुने ० दशमलव ६३ प्रतिशत हो।...
बितेको २४ घण्टामा देशभर थप  ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । बितेको २४ घण्टामा देशभर थप  ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०६ पुगेको छ।...
पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाको नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् । यस्तै जिल्ला कै कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६  सय १८ पुगेको छ । गण्डकी प्रद...
रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी

नेपाल अखबार, एजेन्सि। रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन्। ‘स्पुनिक-५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्। रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो। यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो। भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमिित्रभले बताए। खोपको परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ। कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो। रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्ध तयार गरिएको ‘स्पुनिक- ५’ खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका ...
’कोरोनाले दीर्घरोगी मात्र होइन कसैलाई छोड्दैन ’
समाचार, समाज, स्वास्थ्य

’कोरोनाले दीर्घरोगी मात्र होइन कसैलाई छोड्दैन ’

नेपाल अखबार,  काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ । कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने,, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपन...