करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
नेपालअखबार, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए ।
उनले दैनिक सयौं बिरामीले बीमा मार्फत उपचार सेवा लिएको रकमको शोधभर्ना पटक-पटक माग गरे पनि नपाएको गुनासो गरे ।
यो महिनाभित्र कम्तीमा पनि २५ करोड रकम शोधभर्ना बापत नआए बीमाका कार्यक्रम रोक्ने उनको चेतावनी छ ।
मेसु पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि पैसा दिएको छैन । गत वर्षको बाँकी ३६ करोड रकम आए पनि चालु वर्षको रकम नआएको उनले बताए ।
‘कार्यक्रम चलाएर मात्रै भएन, पैसा पनि आउनुपर्यो, कर्मचारी...










