Saturday, July 11

स्वास्थ्य

गण्डकीका एक सांसदलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका एक सांसदलाई कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशसभाका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा उनमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रहरीमा संक्रमण देखिएपछि संक्रमितसँगै खाना खाएको आधारमा उनको नमूना परीक्षण गरिएको बताइन्छ । संक्रमित प्रदेशसभा सदस्य अहिले घरमै आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।...
नोभेम्बरसम्ममा कोभिड–१९ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन
विश्व, समाचार, स्वास्थ्य

नोभेम्बरसम्ममा कोभिड–१९ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन

नेपाल अखबार, एजेन्सि। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई उच्च जोखिममा रहेका समूहलाई अक्टोबर महिनाको अन्तिम वा नोभेम्बरको सुरुवातसम्ममा कोरोनाभाइरसको सम्भावित खोप वितरण गर्नका लागि तयार रहन निर्देशन दिएको छ । बुधबार एजेन्सीले प्रकाशित गरेको दस्तावेजमा सो कुरा उल्लेख गरिएको छ । समय तय गरिएको यो निर्णयलाई अमेरिकी राष्ट्रपति चुनावसँग पनि जोडेर हेरिएको छ । पुनः निर्वाचित बन्ने होडमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको विकासमा ठूलो रकम खर्च गरिरहेका छन् । ‘सुरुवाती तयारीस्वरुप सीडीसीले राज्यहरुलाई खोप वितरणको योजना तर्जुमा गर्न सीडीसीले भनेको हो । यसमा अक्टोबर र नोभेम्बरमा खोपको सिमित मात्रा उपलब्ध हुने सम्भाव्यता पनि रहेको छ,’ सीडीसीकी प्रवक्ताले रोयटर्सलाई भनिन् । यसअघि न्युयोर्क टाइम्सले सीडीसीले उक्त दस्तावेजबारेसबै ५० राज्य ...
गण्डकी प्रदेशमा  थप तीन जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालाय गण्डकीले प्रदेशको नवलपुरका ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निदेशानालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर गैंडाकोट १३ का ३५ पुरुष, कावासोती ३ की ३९ वर्षीया महिला  र देवचुली २ का ६६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।        ...
चितवनमा कोरोना सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी
प्रदेश ३, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चितवनमा कोरोना सङ्क्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

नेपाल अखबार, चितवन। जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित  स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र  अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच एटेण्डर ९सहयोगी० गरी ४६  सङक्रमित भएकामा दुई जना निको भएका छन् । दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३  सङ्क्रमित भएका छन् । अस्पतालका सूचन...
कोरोनाबाट मृत्यु हुनेको संख्या २५१
समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या २५१

नेपाल अखबार, पाेखरा । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । यसैगरी  आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लसम्म देशभर कोरोना निको ह...
देशभर ११२० कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर ११२० कोरोना संक्रमित थपिए

नेपाल अखार, पाेखरा। बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा  १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।...
काठमाडौंमा थप ३८८ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा थप ३८८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।...
गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार दिउसो कास्कीको  पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा  तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  । त्यसैगरी लमजुङको बेसिसहरका  ५  वटा वडाका १३ , २३  र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा  कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४  पुगेको छ ।  ...
गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र २० प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनालयले जनाएको छ  । बुधबार बिहान नै  लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७, ४८ र ५० वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ । लमजुङकी  ४९ वर्षीया महिला स्थानीय किराना पसल संचालक रहेको र ५० वर्षीय पुरुष ओमानबाट आएको निर्देशनालयले उल्लेख गरेको छ । त्यसैगरी बिहान नवलपुरका बिनयत्रिबेणीका ४१ र ५४ ...
कोभिड संक्रमण र सामाजिक आतंक
Uncategorized, पत्रपत्रिका, विचार, विश्व, समाज, स्वास्थ्य

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१औँ शताब्दीसम्म आइपुग्दासम्म धेरै बैज्ञानिक चमत्कारहरु भए, मानव सभ्यता सँगसँगै धेरै खोजहरुको विकास भयो, जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हामीले जिउने जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापन सँग जोडिएको हाम्रो जीवन अहिले खोजमुलक, सभ्यतामुलक, सुविधायुक्त जीवनशैली र भविष्य सँग जोडिएर जिउने क्रमको विकास अगाडी बढेको पाइन्छ । जतिजति विकासकोक्रम अगाडी बढ्छ त्यस सँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं, बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्व भरमा नै देखापर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ, अहिले फेरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तव्ध र तनावको स्थितीमा छ, विश्वभर पेण्डेमिक रुपमा फैलिएको यसको संक्रमणले बिस्तारै सदियौदेखि मिलेर बसेका हामीलाई मानिस देखि मानिस नै डराउनु पर्ने, एक ठाउँमा थुनिएर बस्नु पर्ने,...