Saturday, July 11

स्वास्थ्य

जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो
प्रविधि, विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

नेपाल अखबार, एजेन्सि। जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेकाे दाबी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेकाे उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेकाे दाबी गरेकाे हाे। मानिसलाई हानि नपार्ने मात्राकाे ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेकाे वैज्ञानिककाे दाबी छ। अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ।’ बीबीसीबाट...
वैज्ञानिकले पत्ता लगाए कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा बढी हुनुको कारण
विश्व, स्वास्थ्य

वैज्ञानिकले पत्ता लगाए कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा बढी हुनुको कारण

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसले महिलालाई भन्द बढी निशाना पुरुषलाई किन बनाउँछ? यो प्रश्न लामो समयदेखि उठ्दै आएको छ। अहिले आएर वैज्ञानिकहरुले यसको जवाफ खोजेका छन्। उनीहरुले यसो हुनुका केही कारणहरु उल्लेख गरेका छन्। कोरोनाका महामारी सुरुदेखि नै महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिँदै आएको छ। कोरोनाका कारण अहिलेसम्म मृत्यु भएको तथ्यांक हेर्ने हो भने पनि पुरुषको संख्या धेरै रहेको छ। यसकापछि विभिन्न कारणह रहेको बताइँदै आएको भए पनि अहिले आएर वैज्ञानिकहरुले यसको असली कारण पत्ता लगाएको दावी गरेका छन्। ‘नेचर’ जर्नलमा प्रकाशित एक अध्ययनमा कोरोनाबाट मृत्यु हुनेमा ६० प्रतिशत पुरुष रहेको उल्लेख गरिएको छ। अध्ययनका मुख्य वैज्ञानिक यले विश्वविद्यालयका प्रोफेसर अकीको इवासाकीले भनेका छन्, ‘हामीले अध्ययन गर्दा यो पायौँ कि पुरुष र महिलाले कोरोना भाइरसकाविरुद्ध विभिन्न प्रकारका प्रतिरक्षा प्रणालीको विका...
जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द
प्रदेश ६, समाचार, स्वास्थ्य

जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

नेपाल अखबार, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए । ‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित पाँचजनामा संक्रमण देखिएको छ,’ डा. पुनले भने, ‘कतिपएको रिर्पोट आउँन अझै बाँकी नै छ । तेतिन्जेल आकस्मिक बाहेकका सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरेका छौं ।’ अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । चार दिनअघि मात्रै राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेना र भेरी नगरपालिकाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय...
कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु
प्रदेश ६, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।  बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए । भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो उनले भने, “प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।” उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए । उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना...
गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना सक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना सक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशको नवलपुरमा बिहीबार  दिउसो थप २७  जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार  दिउसो तेस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार नवलपुर जिल्लाका गैंडाकोट, कावासोती र विनय त्रिवेणी गरी ३ पालिकामा २७  कोरोना संक्रमित थपिएका हुन्  । निर्देशनालयका अनुसार गैंडाकोट २ का ४ पुरुष तथा ३ महिला, गैंडाकोट १ की १ महिला, वडा ५ का १ पुरुष, ७ का ३ वर्षीय बालक तथा ४ महिला, १३ का २ पुरुष र वडा नखुलेका १ पुरुषमा कोरोना देखिएको हो । त्यसैगरी कावासोतीका २ ,३ , १४ र १६ वडाका ३ पुरुष तथा ४ महिला र विनय त्रिवेणी- ६ का ३ महिलामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ  । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार  ५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १ हजार ६ सय ७२ पुगेको निर्देशनालयले ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् । भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हु...
महानगरीय प्रहरी महाराजगञ्ज वृतमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

महानगरीय प्रहरी महाराजगञ्ज वृतमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए । ‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उनको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो । त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । संक्रमण देखिएपछि साईबर ब्यूरोमा कार्यरत प्रह...
पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको विहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । गत भदौ ७ गते कोरोना पुष्टि भई ती महिला अस्पतालमा भर्ना भएकामा हिजो राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा सारिएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा,तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जनाको मृत्यु छ ।...
भरतपुरबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ परे
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

भरतपुरबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ परे

नेपाल अखबार,नुवाकोट ।  चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ। बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए। यही भदौ ६ गते कोभिड–१९ संक्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो। उनी मंगलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए। फरार संक्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेको जनाएको छ।फरार संक्रमितको कन्ट्याक ट्रेसिङको कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस...
प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक
प्रशासन, समाचार, स्वास्थ्य

प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो २२ जना विशेषज्ञ चिकित्सक

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन । सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल...