Monday, August 31

स्वास्थ्य

काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो
समाचार, स्वास्थ्य

काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।...
सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित
समाचार, समाज, स्वास्थ्य

सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ४ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ रहेको छ।‍...
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ। संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३...
चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…
प्रदेश ५, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…

नेपाल अखबार, रुपन्देही । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकारभित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस्, अपहेलना समेत भोग्नुपर्यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् । चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनको छिटो विधिबाट पिसिआर परीक्षण गर्यो ।  नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे ।  तत्का...
पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,   पर्सा।  पर्साको पोखरिया नगरपालिकाका मेयर र अस्पतालका प्रमुखसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ३३ जनामा आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो। कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि पर्सा जिल्ला विगत एक साता अघिदेखि लकडाउनमा छ। त्यसैगरी बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’ गरिएको छ।...
पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा

नेपाल अखबार, एजेन्सि । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई पछि पार्न थालेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो। पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि भारतमा धेरै छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा नौ सय ६० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ५८ हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो। यसबीचमा संक्रमणको कारण ब्राजिलमा पाँच सय ५२ र अमेरिकामा पाँच सय २२ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा ३६ हजार आठ सय ४३ र ब्राजिलमा २२ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार पाँच सय २५ जनाले ज्यान गुमाएका छन् भने दुई लाख १२ ह...
कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो
विश्व, स्वास्थ्य

कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि। संसारभरी हालसम्म कोरोनाका दुई करोड बढी संक्रमित फेला परिसकेका छन् । तीमध्ये ७.५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना यस्तो पहिलो भाइरस हो जुन संसारको २ सय १५ देश र द्वीपमा फैलिएको छ । यसअघि कुनै पनि भाइरसको प्रकोप यति देशसम्म फैलिएको थिएन । कोरोनाद्वारा संक्रमित ३.५ प्रतिशत मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् । पछिल्लो ८ वर्षमा भाइरस संक्रमणका जति ठूलो रोग आयो त्यसमा कोरोना सबैभन्दा धेरै देशमा फैलियो । मारबर्गले ८० प्रतिशत, निपाहले ७८ प्रतिशत र कोरोनाले ३.५ प्रतिशत बिरामीको ज्यान लियोः कोरोनाको मृत्युदर अन्य संक्रमणको तुलनामा निकै कम छ । यसद्वारा संक्रमित भएका ३.५ प्रतिशत व्यक्तिको ज्यान गएको छ । मृत्युदरको मामिलामा सबैभन्दा खतरनाक भाइरस मारबर्ग थियो । यसद्वारा संक्रमित ८० प्रतिशत व्यक्तिको ज्यान गएको थियो । यस्तै निपाह भाइरसको ७८ प्रतिशत त हेन्ड्रा भाइरसका ५७ प...
नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ रहेको छ।‍...
नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ। यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा ३० जनामा संक्रमण देखिएको छ।...
काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि भएको छ। आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १७२, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो।...