Saturday, July 11

स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपाल अखबार,मोरङ । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो । सापकोटाका अनुसार फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो । उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।...
रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

नेपाल अखबार, एजेन्सि। विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ। यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो। यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ। तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ। रुसले खोपको नाम स्पुतनिक राखेको छ। यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो। त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोर...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, कस्ताे छ पछिल्लाे अवस्था?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, कस्ताे छ पछिल्लाे अवस्था?

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। वल्र्डओमिटरले सार्वजनिक गरेको आइतबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणका कारण नौ सय ५० जनाले ज्यान गुमाएका छन्। यसबीचमा झण्डै ६४ हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ थपिएकासँगै भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार दुई सय आठ पुगेको छ। त्यहाँ अहिलेसम्म १८ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किका छन्। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ४० जनाले ज्यान गुमाएका छन्। यस बीचमा दुई लाख ४७ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै भारतमा भण्डै ६४ हजार, अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा झण्डै ३९ हजार, कोलम्बियामा साढे ११ हजार भन्दा धे...
चितवनमा डाक्टर र नर्ससहित थप २८ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

चितवनमा डाक्टर र नर्ससहित थप २८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, चितवन। चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राति भरतपुरस्थित कोभिड-१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो। नयाँ संक्रमित चितवनका २७ र सर्लाहीका एक जना छन्। थपिएका संक्रमितमा डाक्टर र नर्ससमेत छन्। प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमित हुनेमा महानगरपालिकाका मात्रै २१ जना छन्। कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका अधिकारीले जानकारी दिइन्। संक्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिका क्षेत्र दुई दिनअिघदेखि लकडाउनमा छ।...
पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पत्रकारसहित बारा– पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्...
पोखरामा विहानै ५ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा  कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आइतबार बिहान पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले बिहान ५  नं. वडाकी ३३  वर्षीया महिला  तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।  ...
भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

नेपाल अखबार , एजेन्सि। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् । सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् । भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्य...
काठमाडौँ महानगरपालिका–१४ सिल गरियो
प्रशासन, समाचार, स्वास्थ्य

काठमाडौँ महानगरपालिका–१४ सिल गरियो

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र  त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको...
कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो । गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा...
देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ मा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो । आज आइसोलेसनमा  ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा...