मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा
नेपालअखबार,न्युयोर्क । एलन मस्कको स्पेसएक्स कम्पनीले अमेरिकी सेयर बजारमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै अब सर्वसाधारणले पनि सेयर बजारमा यस कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।
स्पेसएक्सले रकेट निर्माण गर्नुका साथै स्टारलिंक नामक भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्छ र मस्कको विवादित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई पनि यसैको मातहतमा रहेको छ। अमेरिकी सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो मानिएको यो आईपीओ आगामी महिनादेखि ‘एसपीसीएक्स’ संकेत चिन्न अन्तर्गत कारोबारमा आउन सक्नेछ।
स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण यो आईपीओले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई पहिलो ट्रिलियनियर बनाउन सक्नेछ। स्पेसएक्सले आफ्नो मूल्यांकन १.२५ ट्रिलियन डलर गरेको छ र कम्पनीमा बहुमत स्वामित्व रहेकाले मस्कको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढीको हुनेछ। ...




