Friday, February 20

दुर्घटना

दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
दुर्घटना, विदेश, समाचार

दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

नेपालअखबार,काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो । शुक्रबार दुबईको स्थानीय समय अनुसार २:१० बजे विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ । हजारौं दर्शक दुबई एयर शो को अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो । उडान भरेर शानदार मोड लिइरहेको लडाकू विमान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ ।   दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो । विश्वभरका ...
दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते
दुर्घटना, समाचार

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

नेपालअखबार, तानसेन । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी सवार बस रानीमहल जाने बाटोमा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
दुर्घटना, समाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

नेपालअखबार,काठमाडौँ । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो। बाजुरा  गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए। विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए। घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ। ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए।...
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
दुर्घटना, समाचार

रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । रूसको दागिस्तान राज्यमा नोभेम्बर ७ मा एक रूसी केए-२२६ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टर नियन्त्रण बाहिर भएर जमिनमा खसेको थियो। मृत्यु हुनेहरूमा एकै इलेक्ट्रो मेकानिकल प्लान्टका ४ जना कर्मचारीहरू समावेश छन्। कम्पनीले नोभेम्बर ८ मा यो जानकारी दिएको हो। दुर्घटनाको कारण भने हालसम्म पत्ता लागेको छैन। हेलिकप्टर दागिस्तानको अची-सू गाउँ नजिकै क्यास्पियन सागर क्षेत्रमा खसेको थियो। रूसी सरकारी सञ्चार माध्यमले पहिले यो हेलिकप्टरले पर्यटकहरूलाई बोकेर गइरहेको बताएको थियो। केईएमजेड हवाई उपकरणहरू बनाउने एक रक्षा कम्पनी हो। मृत्यु हुनेहरूमा प्लान्टका उप-महानिर्देशक पनि समावेश छन्। हेलिकप्टरका फ्लाइट मेकानिकको पनि मृत्यु भएको छ। यस्तै, दुई जना घाइते भएका छन्। केईएमजेडमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ किनभने यो युक्रेनविरुद्...
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते
दुर्घटना, समाचार

कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

नेपालअखबार, धनगढी । कैलालीमा तरकारी बोकेको जिपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोर...
सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप
दुर्घटना, समाचार

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

नेपालअखबार,लमजुङ। लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिपका चालक दोलखा मेलुङ-४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए। जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई बेसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ। त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ...
रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
दुर्घटना, समाचार

रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालअखबार,रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडानम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडानम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली रहेका छन् । घाइते हुनेमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय जीप चालक टोपजंग बुढासहित १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० ...
राजस्थानमा बसमा अचानक आगो लाग्यो, २० जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

राजस्थानमा बसमा अचानक आगो लाग्यो, २० जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । राजस्थानको जैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ । बसबाट १९ जनाको शव निकालिएको दुर्घटनापछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई बताए । जोधपुर रिफर गरिएको एक घाइतेको पनि मृत्यु भएको खबर आएको छ । ‘राजस्थानको जैसलमेरमा भएको दुर्घटनामा भएको जनहानीबाट म दुखी छु । यस कठिन समयमा मेरो समवेदना प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन् । उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारु र घाइतेहरूलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रु गम्भ...
दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते
दुर्घटना, समाचार

दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

नेपालअखबार,धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्  । उनीहरूमध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य सामान्य घाइतेहरु उपचारपछि डिस्चार्ज भएका छन् ।...
तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी
दुर्घटना, समाचार

तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

नेपालअखबार, काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको  छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो । प्रहरीका  अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । "हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ," ती प्रहरी अधिकृतले भने, "अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।" घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...