Thursday, October 15

दुर्घटना

स्याङजामा सवारी दुर्घटना
दुर्घटना, समाचार

स्याङजामा सवारी दुर्घटना

नेपाल अखबार, स्याङजा । स्याङजा वालिङ नगरपालिका-८ स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट करादी तर्फ आउँदै गरेको ग १ ज ६८५४ नं.को जिप र विपरित दिशाबाट जाँदै गरेको ग १५ प ६३७४ नं.को मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक  घाईते भएकाे प्रहरीले जान्कारी दिए  । वालिङ नगरपालिका-१४ बस्ने वर्ष ४३को हेमलाल डुम्रे घाईते भई उपचारको लागि गह्रौ प्राथामिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरको  बताए ।   उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए  ।...
पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु
दुर्घटना, समाचार

पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा गएरातिको सडक दुर्घटनामा परी दुई प्रहरीले ज्यान गुमाएका छन् ।गएराति १ः०५ बजेको समयमा पोखरा महानगरपालिका–५ मालेपाटन विश्वास पेट्रोलपम्प अगाडी सडक खण्डमा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नं.को मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी मोटरसाईकल चालक पाल्पा रिप्दिकोट गाउँपालिका– घर भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत २१ वर्षीय प्रहरी जवान चन्द्र बहादुर बगाले र मोटरसाईकल पछाडी बसेका बर्दिया मैनापुर–२ घर भई हाल वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू रहेका छन् । गम्भिर घाइते भएका दुबै जनालाई गण्डकी मेडिकल कलेजमा बगालेको रातिनै मृत्...
पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
दुर्घटना, प्रदेश ४, समाचार

पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपाल अखबार, पाेखरा। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर...
पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते
दुर्घटना, समाचार

पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते

नेपाल अखबार,पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप  गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पाल्पाको प्रभासमा उपचार भईरहेको छ । जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप ...
रुपन्देहीमा कार दुर्घटनामा तीन जनाकाे मृत्यु
दुर्घटना, समाचार

रुपन्देहीमा कार दुर्घटनामा तीन जनाकाे मृत्यु

नेपाल अखबार, बुटवल । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखन भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा हुदाँ  तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार  मृत्यु हुनेमा  रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर  रहेका छन् ।...
पोखरामा लोडरको ठक्करबाट १ को मृत्यु
दुर्घटना

पोखरामा लोडरको ठक्करबाट १ को मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा लोडरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । बुधबार मध्यान्ह करिब ११:४५ बजे पोखरा-२९ सैनिक घाटमा ग १ क ३८९४ नम्बरको लोडरको बकेटले लागेर गोरखाका ३५ वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो । हाल पोखरा-२७ अर्घौचोक बस्दै आएका गुरुङ लोडरको ठक्करबाट घाइते भएकोमा उपचारका लागि चरक अस्पताल ल्याई पुर्याउँदा डाक्टरले मृत घोषित गरेका थिए । मृतक गुरुङले चलाएको ट्याक्टर घाटबाट बालुवा निकाल्ने क्रममा पानीमा फसेको थियो । सोही ट्याक्टर निकाल्न ल्याइएको लोडरको बकेटले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको पनि उल्लेख गरेको छ ।...
कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु
दुर्घटना, समाचार

कास्कीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय  मिटर तल खसेको बताइन्छ । घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए । रासस...
बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
दुर्घटना, समाचार

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

नेपाल अखबार, चितवन। चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।...
मालबाहक कन्टेनर त्रिशूलीमा बेपत्ता, चालकले हाम फालेर ज्यान जोगाए
दुर्घटना, समाचार

मालबाहक कन्टेनर त्रिशूलीमा बेपत्ता, चालकले हाम फालेर ज्यान जोगाए

नेपाल अखबार, चितवन। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेर बेपत्ता भएको हो। कन्टेनरका चालक सिन्धुपाल्चोक, बाह्रबिसेका ३५ वर्षीय राजेन्द्र बस्नेतले भने हाम्फालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। ‘उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ थापाले भने, ‘ट्रकमा रहेका कोही पनि घाइते छैनन्।’ कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको प्रहरीले जनाएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको डिएसपी थापाले बताए।...
ट्रक दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते
दुर्घटना

ट्रक दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते

नेपाल अखबार,मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।...