Friday, February 20

Uncategorized

सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट
Uncategorized, विश्व, समाचार, समाज

सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट

नेपालअखबार, बैंकक । सिंगापुर एयरलाइन्सको एक विमानमा भयङ्कर आँधीमा फस्दा विमानभित्र सवार २० जना यात्रीको मेरुदण्डमा चोट लागेको छ । घाइतेहरूको सघन उपचार कक्षमा उपचार भइरहेको बैंककको अस्पतालका प्रमुखले भनेका छन् । अस्पतालमा भर्ना हुनेमा दुई वर्षीय बालक पनि छन् । लन्डनबाट उडेको सो विमानले मंगलबार थाइल्यान्डमा आपत्कालीन अवतरण गरेको थियो । ४६ यात्रु र चालक दलका दुई सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले बताएको छ । आँधीका कारण विमान अचानक तल झर्दा सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएको बताइएको छ । अस्पतालका निर्देशक समितेज श्रीनाकरिनका अनुसार ४१ जना यात्रु अझै अस्पतालमै छन् । करिब आधालाई सघन उपचार कक्षमा राखिएको छ । मेरुदण्डमा चोट लागेका २२ जना भएको र ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू३२१ लन्डनबाट सिंगापुर आइरहँदा आकाशमा भयानक आँधीमा फस्य...
सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार
Uncategorized, समाचार, समाज

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार

नेपालअखबार,काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो । सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट  शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् । यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ । वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट...
कैलारी गाउँपालिकाका ११ कर्मचारी हटाइए
Uncategorized

कैलारी गाउँपालिकाका ११ कर्मचारी हटाइए

नेपालअखबार, धनगढी । कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितका माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् । गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जसबाट हामी निकै दुःखी भएका छौँ ।’ उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी...
आज श्री एयरलाइन्सका सबै उडान स्थगित
Uncategorized, समाचार, समाज

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

नेपालअखबार, काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडाैं नै फर्काइएकाे  थियो । आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।...
इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
Uncategorized

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

नेपालअखबार,काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । साथै अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न पनि भनेको छ । भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरेको थियो । पाकिस्तानका प्रमुख न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन् । अदालतले रिहा गर्न आदेश दिए लगत्तै इमरानले आफ्ना समर्थकलाई प्रद...
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
Uncategorized

हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

नेपालअखबार । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन्। तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकारी दिए। उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए। उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए। उनका अनुसार वि.सं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम ...
रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी
Uncategorized

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी

नेपालअखबार, किएभ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हवाई हमला गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । आक्रमण भएको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए । क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ । ‘शत्रुले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो मिसाइल आक्रमण गरेको र उसका ६१ वटा क्षेप्यास्त्र नष्ट भइसकेका छन्,’ एक जना सैनिक अधिकारी...
अनेमसंघ समाजवादीद्वारा  लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन
Uncategorized

अनेमसंघ समाजवादीद्वारा लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) ले शुक्रबार लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन  कार्यक्रम गरेको छ  ।   एकीकृत समाजवादी अन्तर्गतका सबै जन सङ्गठनहरूको सहभागितामा बानेश्वर स्थित शान्ति वाटीकामा भेला भएर र्याली सहित शान्ति बाटिका परिक्रमा पछि कार्यक्रम गरेको हो ।  २५ नोभेम्बर वाट १० डिसेम्बर सम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय  अभियान अन्तर्गत अनेमसंघको आयोजनामा भएको कार्यक्रममा लैंंसा न्युनिकरणका लागि सरकार र सरोकारवाला पक्षले खेल्नुपर्ने भूमिकाको बारेमा बक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमका बक्ताहरुले नेपालको सन्दर्भमा बनेका ऐन नियम र कानुन कार्यान्वयनमा चुनौति रहेको भन्दै अहिले पनि विभिन्न खाले लैंगिक तथा यौनजन्य हिंसाका घटनाहका कारण महिलाहरु बढी पिडित भएक...
पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण
Uncategorized

पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण

नेपालअखबार, पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् । प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको पहलमा २० करोडको सडक योजना परेको र फेरी यहाँका सडकहरु निर्माण गर्ने र स्तरोन्नती गर्ने बताए । यहाँका अधिकाँश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई व्यवसायिकरण गर्न एउटा कोल्ड स्टोरको आवश्यकता पनि आफुलाई महसुस भएको बरालको भनाई थियो । ‘किसानको उत्पादनलाई कौडीको मुल्यमा बेच्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्न...
कास्की–२ मा गठबन्धनको घरदैलो
Uncategorized

कास्की–२ मा गठबन्धनको घरदैलो

नेपालअखबार, पाेखरा । कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम गरिरहेका छन् । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए । घरदैलो कार्यक्रम अन्तर्गत पोखरा २० भलाममा कोणसभा गरिएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरा गर्ने काम आफूहरूबाट मात्र सम्भव रहेको बताए । ‘नाम मदन भण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चने ...