पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण
नेपालअखबार, पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् ।
प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको पहलमा २० करोडको सडक योजना परेको र फेरी यहाँका सडकहरु निर्माण गर्ने र स्तरोन्नती गर्ने बताए । यहाँका अधिकाँश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई व्यवसायिकरण गर्न एउटा कोल्ड स्टोरको आवश्यकता पनि आफुलाई महसुस भएको बरालको भनाई थियो । ‘किसानको उत्पादनलाई कौडीको मुल्यमा बेच्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्न...




