Tuesday, August 18

अपराध

काठमाडौंको नेपालटारमा लुटियो महिलाको ब्याग, ४ जना पक्राउ
अपराध, समाचार, समाज

काठमाडौंको नेपालटारमा लुटियो महिलाको ब्याग, ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं। तारकेश्वर नगरपालिका–११ नेपालटारमा महिलाको ब्याग लुटेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–११ डौंवा घर भएका २७ वर्षीय इश्वर बुढाथोकी, नुवाकोटको गोस्याङ घर भएका २० वर्षीय विशाल राई, नुवाकोट किस्पाङका १८ वर्षीय साजन तामाङ र नुवाकोट चौगाडाका १९ वर्षीय समीर तामाङ छन्। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । यो समूहले सोमबार सवा ५ बजेतिर नेपालटारस्थित सडकमा हिँड्दै गरेकी एक महिलाको ब्याग लुटेको आरोप छ। यो समूहले अहिलेसम्म तीन महिलाको ब्याग लुटेको खुलेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए। उनीहरुबाट लुटिएका २ थान ब्याग, ११ थान मोबाइल, चाबीका झुप्पा, नागरिकता, नागरिकता लगानी कोषको कोर्ड, बैंकको आईडी कार्डलगायत बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध ५ दि...
एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ
अपराध, प्रशासन, समाचार

एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ

नेपालअखबार,लहान । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ३२०९ नम्बरको ट्रकलाई लहान–१, ट्रफिक चोकबाट एक हजार १५ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक  संखुवासभा, धर्मदेवी नगरपालिका–९, छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ । पक्राउ परेका...
जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने २ जना पोखराबाट पक्राउ
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने २ जना पोखराबाट पक्राउ

नेपालअखबार,पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटपाट गर्ने २ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते भएको घटनामा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पोखरा ५ बस्ने ३१ वर्षिय श्यामबहादुर तामाङ र पोखरा २ बस्ने २२ वर्षका सागर राउतलाई आइतबार पक्राउ गरिएको हो । उनीहरूको साथबाट १ राउण्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान काठको बटको भाग बरामद भएको छ । दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।...
३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ
अपराध, समाचार

३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

नेपालअखबार,काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् । सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए । ४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।...
मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार
अपराध, विश्व, समाचार

मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार

नेपालअखबार,काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम यौन दुर्व्यवहारमा परेकी छन्। मंगलबार मेक्सिको सिटीमा नागरिकहरूसँग कुराकानी गरिरहेकी उनीमाथि एक पुरूषले दुर्व्यवहार गरेका हुन्। उनीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो। भिडिओमा देखिएअनुसार राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिराख्दा एक पुरूष उनको नजिक जान्छन् र काँधमा हात राखेर उनको घाँटीमा चुम्बन गर्छन्। राष्ट्रपति शेइनबाउमले तत्काल फर्केर ती पुरूषको हात आफ्नो काँधबाट हटाउँछिन्। उनले शान्तपूर्वक, हाँसेरै उनको सामना गर्छिन्। त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरूषलाई हटाएका थिए। त्यसपछि पनि उनले राष्ट्रपतिको नज...
खैरो हेरोइनसहित ४ जना पक्राउ
अपराध, समाचार

खैरो हेरोइनसहित ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् । प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।...
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
अपराध, समाचार

बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् । प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।...
बाबुको हत्या आरोपमा पक्राउ परे छोरा
अपराध, प्रशासन, समाचार

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०:३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइ...
जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बता...
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
अपराध, समाचार

मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो। शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स-रे गर्दा यो रहस्य बाहिर आएको हो। उनीहरूले मलद्वारभित्र लागू औषधका एम्पुलहरू 'फ्रिजिङ' गरेर लुकाएर ल्याउँदै गरेको खुल्यो। तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको छ। अस्पतालका डाक्टरहरूले उनीहरूको मलद्वारबाट लागुऔषध सुरक्षित रूपमा निकालेका ...