भारततर्फ सामान निर्यातको बाटो खुल्यो
नेपालअखबार,काठमाडौँ । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।
गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बीआईएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।
भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्...









