Saturday, August 1

अर्थ

बिक्री हुन छाड्यो ऊन, चिन्तित छन् किसान
अर्थ, कृषि, समाचार, समाज

बिक्री हुन छाड्यो ऊन, चिन्तित छन् किसान

नेपालअखबार, भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्। गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ। ‘पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ,’ किसान कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ। ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ।’ विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो। अहिले छिमेकी जिल्ला खोटाङ पुर्‍याएका मुस्किलले प्रतिकेजी १५० मा बिक्री हुने उनको भ...
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
अर्थ, समाचार, समाज

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

नेपालअखबार, ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् । दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् । यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए। ‘भेडाबाख्राको सङ्ख्या ब...
यातायात कार्यालय वीरगञ्जले एक वर्षमा उठायो डेढ अर्ब राजस्व
अर्थ, प्रशासन, समाचार

यातायात कार्यालय वीरगञ्जले एक वर्षमा उठायो डेढ अर्ब राजस्व

नेपालअखबार,वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ लाख ७९ हजार एक सय ५१  रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो। यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको थिय । सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो। कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन्। त्यस्त...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
अर्थ, समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।  ...
सार्वजनिक ऋणको आकार थपिँदै छ: अर्थमन्त्री पौडेल
अर्थ, राजनीति, समाचार

सार्वजनिक ऋणको आकार थपिँदै छ: अर्थमन्त्री पौडेल

नेपालअखबार, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋणको आकार रोकिनेभन्दा थपिँदै गएकोले सरकारले सोच विचार गरेर मात्र ऋण लिने बताएका छन्। हालसम्म साढे २४ खर्ब बढी सार्वजनिक ऋणको आकार पुगेकोले अब भने उत्पादनमूलक क्षेत्रका लागि मात्र ऋण लिनुपर्ने बताए। शुक्रबार राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उद्घाटन गर्दै पौडेलले उत्पादन घट्दा राजस्वमा गम्भीर असर परेको समेत बताए। आर्थिक वर्ष २०८०/८१ मा राजस्व असुलीमा कमी र उत्पादनमा आएको ह्रासका कारण ६ प्रतिशतको आर्थिक वृद्धि भएको प्रसंंग निकाल्दै उनले यसलाई क्षतिपूर्ति गर्नका लागि पनि चालु आर्थिक वर्षमा राजस्व लक्ष्यको ३० प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। अर्थमन्त्री पौडेलले सरकारले उद्यमीलाई दुःख दिने काम नगर्ने बताए। ‘उद्यमीलाई दुःख दिएर सरकारले राजस्वको लक्ष्य हासिल गर्न सक्दैन,’ उनले भने।उत्पादन र उत्पाद...
विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला पर्‍यो
अर्थ, विश्व, समाचार

विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला पर्‍यो

नेपालअखबार, काठमाडौं । बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो हो। यसलाई काटेर नौवटा पत्थर बनाइएको थियो। तीमध्ये धेरै बेलायती राजमुकुटहरूमा जडित छन्। अहिले फेला परेको हिरा कुलिननपछिको दोस्रो ठूलो हो। लुकारा डायमन्ड कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो हिरा फेला परेको जानकारी दिएको हो। 'यो असाधारण २,४९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौं,' लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भनेका छन्। कम्पनीले सार्वजनिक गरेको तस्बिरअनुसार यो हिरा मानिसको हत्केलाभरिको छ। लुकाराले मेगा डायमन्ड रिकभरी एक्स-रे प्रविधि प्रयोग गरेर यो हिर...
लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै
अर्थ, समाचार

लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

नेपालअखबार,पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
अर्थ, समाचार

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।...
सुनको मूल्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।...
बङ्गलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर
अर्थ, राजनीति, समाचार

बङ्गलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

नेपालअखबार, भद्रपुर  ।  बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत परेको हो । गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशीय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । “बङ्गलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न ...