Sunday, May 10

अर्थ

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …
अर्थ, कृषि, समाचार

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

नेपालअखबार,पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् । कुनै बेला जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन् । उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका छन् । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ । भयभरका बोट सुकिसकेपछि उहाँले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्रावि...
सुनको भाउ नाघ्यो साढे २ लाख
अर्थ, समाचार

सुनको भाउ नाघ्यो साढे २ लाख

नेपालअखबार,काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ । त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।...
दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
अर्थ, कृषि, समाचार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

नेपालअखबार,दोधारा चाँदनी (कञ्चनपुर) । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बन्नुभएको छ । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् । रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँ दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ’, रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिल...
बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
अर्थ, समाचार

बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

नेपालअखबार,काठमाडौँ। गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ। गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कुल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ। कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षत...
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली
अर्थ, समाचार

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली

नेपालअखबार,काठमाडौं। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्।बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ।...
नेपाल-बंगलादेश व्यापार असन्तुलन घटाउन सीधा सडक-रेल सम्पर्क आवश्यक : अग्रवाल
अर्थ, समाचार

नेपाल-बंगलादेश व्यापार असन्तुलन घटाउन सीधा सडक-रेल सम्पर्क आवश्यक : अग्रवाल

नेपालअखबार,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबिचको ठुलो व्यापार असन्तुलन घटाउन आपसी सहकार्य र सहज व्यापारिक वातावरण अपरिहार्य रहेको बताएका छन्। बिहीबार चेम्बर भवनमा नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँगको भेटवार्ताका क्रममा अग्रवालले यो विषयमा जोड दिएका हुन्। उनका अनुसार नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलर बराबरको सामान आयात गर्छ, तर निर्यात भने जम्मा ३.३३ मिलियन अमेरिकी डलरको मात्र गर्छ, जसले ठुलो व्यापार घाटा देखाउँछ। अध्यक्ष अग्रवालले सीधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गमाथिको अत्यधिक निर्भरताले ढुवानी लागत बढाउनुका साथै व्यापारमा ढिलाइ र जटिलता ल्याएको बताए। उनले नेपाल र बंगलादेशबिच सीधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै देशले प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेपालका उत्पादनहरू जस्तै दा...
सुनचाँदीको भाउ बढ्यो
अर्थ, समाचार

सुनचाँदीको भाउ बढ्यो

नेपालअखबार, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।...
काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात
अर्थ, समाचार

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

नेपालअखबार, काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ। कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैंची एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ। त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा ११ करोड ९० लाख, ताजा तरकारी नौ करोड ४७ लाख, जडीबुटी एक करोड २४ लाख, मसुरो दाल सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ। सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट रु एक अर्ब ४५ करोड...
कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स, व्यवस्था सहज गरिँदा पनि बढ्यो संख्या
अर्थ, समाचार

कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स, व्यवस्था सहज गरिँदा पनि बढ्यो संख्या

नेपालअखबार,काठमाडौं । सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने अवधि बढाए पनि कालोसूची पर्नेको संख्या झनै बढेको छ । सरकार र नेपाल राष्ट्र बैंकले सम्बन्धित व्यक्ति वा संस्थाको आर्थिक कारोबार चक्र नबिग्रियोस् भनेर कानुनी व्यवस्था मार्फत सहजीकरण गर्दा पनि कालोसूचीमा पर्नेको संख्या नघटेको हो । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधन मार्फत रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार खातावालले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन । धारकले उक्त चेक बैंकमा प्रस्तुत गर्दा रकम नभएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा सहकारी बैंकले बढीमा ४५ दिनको समयभित्र खातामा रकम जम्मा गर्न खातावालालाई जानकारी गराउनु पर्ने व्यवस्था छ । सो अवधिमा पनि रकम जम्मा नगरे चेक अनादर गर्न सकिनेछ । तर उक्त खाता...
सुनको मूल्य फेरि बढ्यो
अर्थ, समाचार

सुनको मूल्य फेरि बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो । जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...