कृषि व्यवसायमा बदलिएको समाज
नेपालअखबार, रामपुर (पाल्पा) । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे ।
आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे
समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्यो । हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ ।
लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव सङ्गालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् ।
समाजमा शिक...










