जेनजी आन्दोलनपछि बन्द भएको मौलाकाली केबलकार आजदेखि सञ्चालन
नेपालअखबार,चितवन । जेनजी आन्दोलनका बेला भएको तोडफोड र आगजनीका कारणले बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ ।
भदौ २४ गते तोडफोड र आगजनी गरेपछि केबलकारको बटमस्टेशनमा करोडौंको क्षति पुगेको थियो । झण्डै २ महिनाभन्दा बढी समय बन्द रहेको केबलकार शनिबार आजदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।
उनका अनुसार क्षतिग्रस्त भएको केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरुको मर्मत तथा सामान फेरेपछि केबलकार सञ्चालनमा आएको हो ।
केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिकहरु आएर केबलकार पुनर्निर्माण गरेका हुन् ।
पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टोलीले लामो समय चेकजाँच गरेपछि केबलकारलाई ब्यवसायिक रूपमा सञ्चालनमा ल्याइएको स...









