Saturday, October 31

खेलकुद

विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने
खेलकुद, विश्व, समाचार

विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने

नेपालअखबार, काठमाडाैं । कतार विश्वकपमा अर्जेन्टिनाको सफलतापछि लियोनल मेस्सी बसेको होटलको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ ।  मेस्सीले घट वर्षको लागि आफ्नो राष्ट्रको पहिलो विश्वकप जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, र फाइनलमा दुई पटक गोल गरेपछि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। ३५ वर्षीय खेलाडीले सात गोल गरेपछि सिल्भर बुट पनि पाएका थिए । उनका उपलब्धिहरू अब अमर बन्ने भएका छन् । अचराफ बेन अयादले ट्वीट गर्दै कतारको विश्वविद्यालयमा उनी बसेको ठाउँलाई ‘सानो संग्रहालय’ मा परिणत गरिने घोषणा गरेका हुन् ।  यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरू बीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।  –डेली मेल...
फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने
खेलकुद, समाचार

फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

नेपालअखबार, पोखरा ।  हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादु रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । कास्की बाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि...
मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी
खेलकुद, समाचार

मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी

नेपालअखबार, पोखरा । पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो । काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए । गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले...
आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने
खेलकुद, समाचार

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

नेपालअखबार, पाेखरा । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम(सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ म¥र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज...
पोखरामा भोलि (बुधबार) स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच हुने मैत्रिपूर्ण फुटवलको तयारी पूरा
खेलकुद, समाचार

पोखरामा भोलि (बुधबार) स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच हुने मैत्रिपूर्ण फुटवलको तयारी पूरा

नेपालअखबार, पोखरा  ।लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा बुधबार दिउँसो २ः३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष र्कालोसले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । उनले भने “स्पेनको ंमिडिया सहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनु भनेको नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन यसले मद्धत पुग्छ । ” काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुयलले काथेरेन्यो क्लब स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ए डिभिजनको...
मैत्रिपुर्ण फुटवल खेल्ने स्पेनको टोली पोखरामा विमानस्थलमा स्वागत
खेलकुद, समाचार

मैत्रिपुर्ण फुटवल खेल्ने स्पेनको टोली पोखरामा विमानस्थलमा स्वागत

नेपालअखबार, पोखरा  । विश्वकप र युरोकप जस्ता ठुला प्रतियोगितामा सहभागि भएका खेलाडीहरुको संलग्न भएको स्पेनको टिम पोखरामा मैत्रिपुर्ण खेल खेल्न आज पोखरा आइ पुगेको छ ।   स्पेनको ५५ सदस्य एक टोली मैत्रीपुर्ण फुटबल खेल्ने तयारी स्वरुप पोखरा विमानस्थलमा आज दिउसो १ः०० बजे आएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।   पोखरा विमानस्थलमा एन्फा कास्की, फुटवल प्रेमी र पोखरेलीहरुले स्वागत गरेकोे एन्फा कास्कीका महासचिव बुद्धि खत्रि क्षत्रीले बताए । स्पेनको टोलीले पुस १३ गते गण्डकी ११ संग पोखरा रंगशालामा र पुस १४ गते काठमाडौमा मैत्रीपुर्ण फुटबल खेल्ने भएको स्पेन फुटबल फेडरेसनका उपाध्यक्ष पनि रहेको फाउन्डेसनका फाउन्डेसनका महासचिव एकराज गिरिले बताए ।...
पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै
खेलकुद, समाचार

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

नेपालअखबार, पाेखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९ औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस खेलाडी पोखरा आउन लागेको प्रतियोगिता संयोजकसमेत रहनुभएका सङ्घका द्वितीय उपाध्यक्ष नवीन चालिसेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो । उनले भने, “यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँं ।” प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला...
पोखरामा बुधबार साइकल दौड
खेलकुद, समाचार

पोखरामा बुधबार साइकल दौड

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन् । ४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा साइकल दौड हुनेछ । पोखरा–२१ को युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टि...
विश्व च्याम्पियन मेसी
खेलकुद, विश्व, समाचार

विश्व च्याम्पियन मेसी

नेपालअखबार, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् । यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रक...
अर्जेन्टिनालाई विश्वकपको उपाधि
खेलकुद, विश्व, समाचार

अर्जेन्टिनालाई विश्वकपको उपाधि

नेपालअखबार, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २-१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । ...