Saturday, June 27

खेलकुद

साउन दोस्रो साता‘बिबिआर’ फुटसलप्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्नपाइने
खेलकुद, समाचार

साउन दोस्रो साता‘बिबिआर’ फुटसलप्रतियोगिता, एकजना ‘ए’ डिभिजन खेलाडी राख्नपाइने

नेपालअखबार, पोखरा ।  पोखरा महानगरपालिका २७तालचोकस्थितकाइटफुटसलमापहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइडफुटसलप्रतियोगिता’हुने भएको छ । आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराकालागि खेलकुद’ भन्ने नारासहितविश्वास, भिषणएण्ड राहुलयुनाइटेडले‘फाइभ ए साइडफुटसलप्रतियोगिता’आयोजनागरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए । उनकाअनुसार सो प्रतियोगिताको विजेताटिमले शिल्ड, मेडलतथाप्रमाणपत्र सहित ६० हजार प्राप्तगर्नेछ भने उपविजेताटिमले शिल्ड, मेडलतथाप्रमाणपत्र सहित ३० हजार हातपार्नेछ । यसैगरि प्रतियोगितामाउत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिकगोलकर्ता तथाउत्कृष्टगोलरक्षकले जनही २ हजार प्राप्तगर्नेछ । दुई दिन सञ्चालनहुने प्रतियोगितामाप्रत्येक टिमले चाहेको खण्डमा‘ए’,‘बि’ र ‘सि’डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्तप्रतियोगिताको दर्ता शुल्कनगद रु ४ हजार निर्धारणगरिएको आयोजकल...
बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद, समाचार

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

नेपालअखबार, पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्व...
पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक
खेलकुद, समाचार, हाइलाइट-समाचार

पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

नेपालअखबार, पाेखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ । उदियमान खेलाडी विधामा टेन...
शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै
खेलकुद, समाचार

शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै

नेपालअखबार, पाेखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ । हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार फाइनल खेल अघि गरिएको पत्रकारसम्मेलनमा बोल्दै आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफुहरुले एभिनियर क्लबसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफुहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए । ‘खेलमा हार जित त हुन्छ नै । हामीपनि जितेरै यहाँसम्म आइपुगेका हौँ तर, एभिनियरसंग खेल्नु भनेको...
फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट
खेलकुद, समाचार

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

नेपालअखबार, काठमाडाैं । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो । फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ ।  नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।...
प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि
खेलकुद, समाचार

प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि

नेपालअखबार, पाेखरा । कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजा...
पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता
खेलकुद, समाचार

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने उनले बताए । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले जनाएको छ । प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउण्टेन बाइक एडभेन्चर हल्लनचोकमा ...
सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा
खेलकुद, समाचार

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

नेपाल अखबार, काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित भर्चुअल बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनःसञ्चालन, शैक्षिकसत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको बैठकमा कोभिड–१९ लगायत सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा...
बागलुङमा भलिबल प्रशिक्षण केन्द्र
खेलकुद

बागलुङमा भलिबल प्रशिक्षण केन्द्र

नेपाल अखबार,बागलुङ । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु। दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उनले भने । भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनेछन् । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए । मासिक रु। पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जन...
१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित
खेलकुद

१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित

नेपाल अखबार, एजेन्सि। अन्सु फाती स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गरे दोस्रो १७ वर्षीय खेलाडी बनेपछि टोलीले सेल्टा भिगोलाई हराउँदै लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो । तर, क्लेमेन्ट लेङलेटले दोस्रो पहेँलो कार्ड पाएपछि पहिलो हाफको अन्त्यमा रोनाल्ड कोम्यानको टोली १० खेलाडीमा सिमित बन्यो । खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे । फातीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । फातीले २७ लिगमा सो उपब्धि हासिल गरेका हुन् । मेस्सीलाई यो उपलब्धि हासिल गर्न ३० खेल लागेको थियो ।...