Monday, May 25

खेलकुद

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई
खेलकुद, समाचार

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

नेपालअखबार,पोखरा ।  बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसै गरी विन्ध्यवासीनिले नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासीनि माविमा सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृ...
विश्व हुलाक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद, समाचार

विश्व हुलाक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

नेपालअखबार,काठमाडौँ । विश्व  हुलाक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। विश्व हुलाक दिवसको अवसरमा गौसरा हुलाक कार्यालय कार्यालयले सदाझैँ यो वर्ष पनि विविध कार्यक्रमहरूको आयोजना गरी विश्व हुला दिवस २०८१ भव्यका साथ मनाएका छन्। मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्दै यस कार्यालयमा कार्यरत महिलाहरू र पुरुषहरूका बीचमा फुटबल प्रतियोगिता सम्पन्न भएकाे हाे। उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रातो र हरियो टिसर्ट लगाएका दुई समूहहरू आपसमा मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए । पुरुषतर्फ रातो टिसर्ट लगाउने प्रतीक तामाङको समूहले चार गोल हानेको थियो। हरियो टिसर्ट लगाउने समूहले एक गोल मात्र हानेको थियो ।  रातो टिसर्ट लगाउने पुरुषतर्फको समूह विजयी भएको छ । महिलातर्फको खेलमा हरियो टिसर्ट लगाउने समूहले दुई गोल हानेका छन् भने रातो टिसर्ट लगाउनेले  सुन्य  गोल हानेका थिए ।   महिल...
नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु
खेलकुद, समाचार

नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका १५ नयाँगाउँमा आजदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफि धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३–० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे । यस्तै सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २–२ को बराबरीमा निर्धारित समय सकिएप...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
खेलकुद, समाचार, समाज

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

नेपालअखबार, पोखरा। पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिल...
पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
खेलकुद, समाचार

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

नेपालअखबार, पोखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेव मूर्ति र बुद्ध पार्क जोडेर खेल पर्यटन प्रवद्र्धन गर्न आयोजित उक्त पर्वतीय दौडका धावकलाई आफूहरुले फूलमालाले स्वागत गर्ने स्थानीयले बताए । वडाध्यक्ष हिमलाल बरालले आफ्नो वडामा नयाँ अवधारणाका साथ आयोजना हुने उक्त प्रतिय...
इंग्ल्याण्डका लागि सयौं खेलमा केनको २ गोल
खेलकुद, समाचार

इंग्ल्याण्डका लागि सयौं खेलमा केनको २ गोल

नेपालअखबार,काठमाडौं । ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् । केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान वेम्वलीमा भएको खेलमा केनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा फिनल्याण्डले इंग्लिस टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो  । तर, दोस्रो हाफमा केन चम्किए । ५७औं मिनेटमा केनले ट्रेन्ट अलेजान्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा मादुएकेको पासमा केनले व्यक्तिगत दोस्रो गोल गरे । राष्ट्रिय टिमका लागि एकसयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडी समेत बनेका छन् । उनले आफ्नो ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् । केन इंग्ल्याण्डका लागि एक सयौं खेलमा गोल गर्ने भने तेस्रो खेलाडी बने । यसअघि वायन रुनीले २०१...
लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित
खेलकुद, समाचार

लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित

नेपालअखबार,पोखरा । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित हासिल ग¥यो । तर, चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नत...
निजामति सेवा दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता  ट्रेडयुनियन ११ काे टिम प्रथम
खेलकुद, समाचार

निजामति सेवा दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता ट्रेडयुनियन ११ काे टिम प्रथम

नेपालअखबार, काठमाडौं ।  निजामति सेवा दिवस २०८१ काे अवसरमा  मुख्य सचिव एक नारायण अर्यालकाे प्रमुख आतिथ्यमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। स्वतन्त्र  राष्ट्रसेवक कर्मचारी  संगठन नेपाल, नेपाल निजामति कर्मचारी युनियन,  नेपाल कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन निजामति, मधेसि मन्च एकीकृत सरकारि कर्मचारी संगठन सहितका ट्रेडयुनियन ११ काे टिम र र मुख्या सचिव ११ बिचकाे मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।  उत्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता  ट्रेडयुनियन ११ काे टिम प्रथम भएको छ । पहिलाे गाेल राष्ट्रसेवक कर्मचारी  संगठन नेपालका  रमेस महर्जन रहेका छन् ।  उक्त खेलमा स्वतन्त्र कर्मचारी संगठन राकस र युनियनका खेलाडि ले गाेल गरेका थिए ।...
महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
खेलकुद, समाचार

महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने

नेपालअखबार,पोखरा। लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन् । बिहिबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो । राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमक...
महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी
खेलकुद, समाचार

महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी

नेपालअखबार,पोखरा ।  पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो । महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो । तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफ...