Saturday, October 17

धर्म/संस्कृति

आज फूलपाती भित्र्याइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज फूलपाती भित्र्याइँदै

नेपालअखबार, काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने ...
नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  मुस्लिम आयोगद्धारा नेपालीको महान् पर्व दशै, तिहार, छठ शुभकामा आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष मुहम्मदिन अलीले सम्पूर्ण नेपालीका बिच आपसि सद्भाव, एकता, सन्देश सहित दुख शान्तिको कामना गर्दै शुभकामना व्यक्ति गर्नू भयो । अध्यक्ष अलीले हामी सबै नेपालीले एक अर्काको धर्म, संस्कारको सम्मान गर्दै आपसि भाईचार सधै कायम राख्नु पनेमा जोड्दिनु भयो ।  ...
वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
धर्म/संस्कृति, समाचार, समाज

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

नेपालअखबार,काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन् । दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ । ‘‘इन्द्रजात्रालाई सभ्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी खलः आबद्ध छन् । उनीहरूसँग हामीले पटक–पटक बैठक बसिसकेका छौँ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी निकायसँग छलफल गरिसकेका छौँ’’, अध्यक्ष शाक्यले भने, ‘‘इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तर्राष्ट्रिय पर्यटक धेरै हुनुहुन्छ । उहाँहरूको लागि व्यवस्थापन गरेका छौँ । इ...
मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

नेपालअखबार, जनकपुरधाम । तराई-मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । सूर्यास्तपछि घर–आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ । अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ । माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पुरी तथा विभिन्न परिकार चढाउने चलन छ । पूजापछि गणेश र चन्द्रमासम्बन्धी धार्मिक कथा सुन्ने परम्परा पनि रहेको छ । व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिएपछि पूजामा चढाइएको प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने गर्छन् । परिवारको सुख, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ । धार्मिक मान्यताअनुसार प्रख्यात ज्योतिष ...
आज हरितालिका तीज, पशुपति लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज, पशुपति लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो

नेपालअखबार, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ । तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएका छन् ।पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्कीसक्ने गरी लामको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई...
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

नेपालअखबार,काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मा...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
धर्म/संस्कृति, समाचार, समाज

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

नेपालअखबार,काठमाडौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नम...
नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी
धर्म/संस्कृति, समाचार, समाज

नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी

नेपालअखबार, काठमाडौं । नेपाली ख्रीष्टियन समुदायभित्र पछिल्ला वर्षहरूमा देखिएका विभिन्न विकृति, विसंगति, आर्थिक अपारदर्शिता, हैकमवादी प्रवृत्ति तथा त्यसबाट उत्पन्न भएका सामाजिक, नैतिक र कानुनी जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ संस्थाको गठन प्रक्रिया अगाडि बढाइएको छ। विश्वसनीय स्रोतका अनुसार प्रस्तावित संस्थाले समुदायभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व, आत्मिक शुद्धता तथा नैतिक नेतृत्वको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि बढाउनेछ। साथै चर्च तथा सम्बन्धित संस्थाहरूमा देखिने अनियमितता, शक्ति दुरुपयोग, आर्थिक अपारदर्शिता र अन्य बेथितिविरुद्ध सचेतना तथा सुधारमुखी अभियान सञ्चालन गरिने जनाइएको छ। संस्थाले मानव अधिकारको संरक्षण, कानुनी सचेतना अभिवृद्धि, पीडित व्यक्ति तथा मण्डलीहरूलाई आवश्यक सहयोग तथा संरक्षण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै समुदायभित्...
पाथीभराको महिनाको भेटी एक करोड छ लाख
धर्म/संस्कृति, समाचार, समाज

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

नेपालअखबार, ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।...
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
धर्म/संस्कृति, समाचार, समाज

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

नेपालअखबार,काठमाडौँ  । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा उनहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गरे ।उनीहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए ।...