Tuesday, September 1

पर्यटन

बागलुङमा पर्यटन पूर्वाधार निर्माण हुँदै
पर्यटन, समाचार, समाज

बागलुङमा पर्यटन पूर्वाधार निर्माण हुँदै

नेपालअखबार, बागलुङ । बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् । छैहत्तर योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वयनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ । ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजना परेका छन् । यसका लागि रु ९५ लाख ...
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र
पर्यटन, समाचार, समाज

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

नेपालअखबार, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ । भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिनुभयो । यस्तै उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ । फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधान...
चिसो बढेपछि सगरमाथा क्षेत्रमा घटे पर्यटक
पर्यटन, समाचार, समाज

चिसो बढेपछि सगरमाथा क्षेत्रमा घटे पर्यटक

नेपालअखबार, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको अनुभव उनमा छ । ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन,’ उनको भनाइ छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए । उनका अन...
भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी
पर्यटन, समाचार, समाज

भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ। भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) पनि राख्ने काम पनि गरिएको जानकारी दिनुभयो। निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बता...
६ महिनामा झन्डै दुई लाख पर्यटक मुस्ताङ पुगे
पर्यटन, समाचार, समाज

६ महिनामा झन्डै दुई लाख पर्यटक मुस्ताङ पुगे

नेपालअखबार, पोखरा । चालू वर्षको पहिलो ६ महिनामा झन्डै २ लाख पर्यटकले मुस्ताङ घुमेका छन् । पुस मसान्तसम्म १ लाख ९० हजार ४ सय ७४ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म नेपाली १ लाख ५५ हजार ३८, सार्क राष्ट्रका पर्यटक २९ हजार ९ सय ९२ र अन्य राष्ट्रका पर्यटक ५ हजार ४ सय ४४ जना मुस्ताङ भित्रिएका प्रहरीको तथ्याङ्कमा छ । यही अवधिमा ३५ हजार ८ सय ९७ वटा सवारी साधन मुस्ताङ भित्रिएका डिएसपी भोजराज पाण्डेले जानकारी दिए । साउनमा ९ हजार ६ सय २ जना पर्यटक र १ सय ९१ जना कर्मचारी तथा कामदार मुस्ताङ छिरेका थिए । भदौमा पर्यटक १० हजार ७ सय २५ र २ सय ५ जना कर्मचारी तथा स्थानीय, असोजमा पर्यटक ३३ हजार ८ सय, कार्तिकमा ७९ हजार ३ सय ७३ जना पुगेका छन् ।मङ्सिरमा ४२ हजार २ सय ८४ जना र पुसमा १७ हजार ४ सय ५७ जना पुगे । जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्...
रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक
पर्यटन, समाचार, समाज

रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक

नेपालअखबार, मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् । निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको छ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए । उनले आन्तरिक मात्रै छ हजार पाँच सय ५७ जना पर्यटक यहाँ आएका जानकारी दिए । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो । चालु आवको छ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ । गत वर्ष एघार हजार आन्तरिक पर्...
पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय
पर्यटन, समाचार, समाज

पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय

नेपालअखबार, डुम्रे । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवर्द्धन भएको पर्यटकीयस्थल हो । पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोट अत्यधिक चर्चामा छ । यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदयले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो बिस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै उहाँबाट हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न पर्यटक लालयीत हुने गर्दछन् । यी कुहिरो, हिमशृङ्खला र सूर्योदय मनोरम दृश्यले पर्यटक आकर्षित हुने गरेका छन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्...
पुरानै लयमा फर्कँदै पर्यटन, दश लाखभन्दा बढी भित्रिए पर्यटक
पर्यटन, समाचार, समाज

पुरानै लयमा फर्कँदै पर्यटन, दश लाखभन्दा बढी भित्रिए पर्यटक

नेपालअखबार, काठमाडौँ । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो । कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “यसवर्ष पर्यटक आगमन उत्साहवद्र्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा र...
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा’
पर्यटन, समाचार, समाज

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा’

नेपालअखबार, पाेखरा । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए । अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिनेछ । विगत दुुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान...
पर्यटक लोभ्याउँदै फुतफुते झरना
पर्यटन, समाचार, समाज

पर्यटक लोभ्याउँदै फुतफुते झरना

नेपालअखबार, म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए ।  उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए । ‘फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,’ उनले भने, ‘अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।’ फुतफुते झरनाको वेसान आवाजमा रमाउदा जलको मोतिमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताए । उनीहरुका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्राल...