Friday, May 22

प्रदेश

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

नेपाल अखबार, मोरङ  ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री  घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । रासस...
पर्सामा अत्यावश्यक औषधिको अभाव
प्रदेश २, स्वास्थ्य

पर्सामा अत्यावश्यक औषधिको अभाव

इरफान अली, वीरगन्ज । विगत लामो समय देखिको निषेधाज्ञा तथा कोरोना महामारीका कारण पर्सामा जीवन रक्षक अति आवश्यक औषधिहरुको अभाव हुन थालेको छ । स्वास फेर्नलाई साजिलो हुने रामवाण मानिएको औषधिको अभाव वीरगञ्जमा रहेको पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आफ्नो फेसबुक स्टाट्स मार्फत जनाएका छन् । पर्सामा हाल २१०० जना भन्दा बढी कोरोना संक्रमित छन भने २ दर्जन भन्दा बढि संक्रमित वीरगन्जको विभिन्न आईसोलेशनको आइसियुमा राखिएका छन् । कोरोना संक्रमित, निमानिया संक्रमित, दमको रागीलाई चाहिने अति आवश्यक ‘अस्थालिन रेस्पाईरेटोरी सोलुसन’ नामक औषधि दिने गरिएको छ । तर विगत केही दिन देखि पर्साको बजारमा यो औषधिको अभाव भएको पर्साका जन सवास्थ्य निरिक्षक जयमोद ठाकुरले जनाएका छन । स्वास फेर्न गार्हो हुने कोरोना संक्रमित तथा अन्य दमका रोगीलाई नभई नहुने औषधिको अभावले ज्यानै गुमाउने अवस्था हुन नदिनका लागि स्वास्थ्य निरि...
भाइरोलोजिष्ट खड्का भन्छन् तातोपानीले कोरोना जितिदैन
प्रदेश ४, समाचार

भाइरोलोजिष्ट खड्का भन्छन् तातोपानीले कोरोना जितिदैन

नेपाल अखबार, बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै ...
तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन

नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो । भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्...
सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो
प्रदेश २, प्रशासन, समाचार

सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो

नेपाल अखबार, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो । तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको उनको भनाइ छ । यसअघि ७ भदौदेखि १४ भदौसम्मका लागि, ३२ साउनदेखि ७ भदौसम्मका लागि र २६ साउनदेखि ३२ साउनसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।...
भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन
प्रदेश ४, समाचार, स्वास्थ्य

भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

नेपाल अखबार, बागलुङ। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ । लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उहाँले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए  । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो । छोरीको न्वार...
गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–६ ६२ वर्षीय पुरुषको हिजो मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।...
पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  पोखरामा आज विहानै तीन जना कोरोना संक्रमित थपिएका छन् । वडा नं ७ मा ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष तथा वडा नं ८ मा ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती गरी जनाएको छ । त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा एक÷एक संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ९९ पुगेका छन् ।...
उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन
प्रदेश ७, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’ उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्ल्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका ...
बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ
प्रदेश २, समाचार, स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली, बीरगञ्ज। स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।   “एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए । बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मी...