Friday, May 22

प्रदेश

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ५ सय ७५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकाका ४ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको हो ।संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का ७२ वर्षीया १ जना महिला छिन् भने अन्य ३ जना सोही वडाका ७ र १४ वर्षीया बालक सहित ८२ वर्षीया वृद्ध छन् । त्यस्तै तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीया पुरुष, गोरखाको पालुङटार वडा नम्बर १ की ३९ वर्षीया महिला र स्याङ्जाको फेदीखोला गाउँपालिकाका २७ र ३१ वर्षीया पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकार...
गण्डकीका ११ वटै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरिने
कृषि, प्रदेश ४, समाचार

गण्डकीका ११ वटै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरिने

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपन्क्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कृषि तथा पशुपन्क्षी सम्वन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराको बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को सेवा प्रवाहका लागि सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई तथा चालू आवको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उहाँले कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको जानकारी गराएका थिए । उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ...
विराटनगरमा १३ जना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा १३ जना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् । संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।...
वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४२ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ७ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन् भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् । नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना म...
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन । गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट...
वीरगञ्ज कारागारमा जेलरसहित २९ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्ज कारागारमा जेलरसहित २९ जनामा कोरोना संक्रमण

इरफान अलि, वीरगञ्ज । वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख पोखरेलले कर्तव्य पालनाको क्रममा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाबको नमुना दिएका थियौं’ उनले भने, ‘मसहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आफू आइसोलेसनमा बस्नुका साथै कारागारका कैदीबन्दीलाई पनि आइसोलेसनमा राख्न प्रबन्ध मिलाउँदैछु ।’ वीरगञ्ज कारागारमा १ हजार २ सय ५० जना भन्दा बढी कैदीबन्दी छन् । कारागारमा स्वाब संकलन भइरहँदा...
पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अली, वीरगञ्ज। पर्सामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण बुधबार २६ जना महिलासहित कुल १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो, जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन् । कोरोना पुष्टि भएकाहरु ५ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी गराए । वीरगञ्ज महानगरपालिका विर्तास्थित त्रीजुद्व स्कुलको क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरास्थित क्वारेन्टाइनका १७ जना, वीरगञ्ज मेयरका कन्ट्र्याक्ट ट्रेसिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएकाहरुमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ...
पोखराका १ सहित गण्डकीका थप ३ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका १ सहित गण्डकीका थप ३ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरुमा पोखराका एक ३८ वर्षीय पुरुष तथा बाग्लुङका एक ३४ वर्षीय पुरुष र २५ वर्षीया महिला रहेको निर्देशनालयले उल्लेख गरेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३६२ पुगेको पनि निर्देशनालयले जनाएको छ |...
कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु

इरफान अलि  वीरगन्ज । कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरे । साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । सोमबार मात्रै पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ की १८ वर्षिया युवतीको मृत्यु भएको थियो । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर कोरोना संक्...
पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

इरफान अलि , वीरगन्ज । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।...