सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो
नेपाल अखबार, कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परीक्षण बाट ४९ जनामा पुष्टि भएको हो । यसअघि नै १७६ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टि भएका मध्ये कैलालीका ४४ पुरुष र १८ महिला, कञ्चनपुरका ८ पुरुष र २ महिला, अछामका ३ महिला रहेका छन् । त्यसैगरी डडेल्धुराका १ पुरुष, बाजुराका १० पुरुष र ११ महिला तथा बझाङ्गका १७ पुरुष र ३ महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो ।
प्रदेशमा हालसम्म ११ हजार ६०९ जनाको पीसीआर जाँच गरिएको छ । जसमध्ये १० हजार ३४८ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य...
