Saturday, February 21

प्रदेश १

धरानमा दुई जना संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

धरानमा दुई जना संक्रमितको मृत्यु

नेपाल अखबार, धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । यसैगरी ५६ वर्षीया महिला...
जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ
प्रदेश १, प्रशासन, समाचार

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

दाङ। दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।...
दाङमा एकै परिवारका ८ जनालाई कोरोना संक्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

दाङमा एकै परिवारका ८ जनालाई कोरोना संक्रमण

नेपाल अखबार, दाङ। दाङमा एकै परिवारका ८ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ८ सहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एक जनामा कारोना संक्रमण पुष्टि भएको हाे। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनका अनुसार संक्रमितमा ५ वर्षका बालकदेखि ४२ वर्षसम्म उमेरका छन्। शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन्। रासस...
बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
प्रदेश १, प्रशासन, समाचार

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

नेपाल बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत ३ अधिकृत र १ कर्मचारीमा कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । रासस...
विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपाल अखबार,मोरङ । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो । सापकोटाका अनुसार फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो । उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।...
कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु

नेपाल अखबार, विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीब...
विराटनगरका न्यायाधीशमा कोरोना पुष्टि, ३ दिन अदालत बन्द
प्रदेश १, प्रशासन, समाचार

विराटनगरका न्यायाधीशमा कोरोना पुष्टि, ३ दिन अदालत बन्द

नेपाल अखबार, विराटनगर । जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ । न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ । पौडेलकाअनुसार सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ ।...
विराटनगरमा १३ जना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा १३ जना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् । संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।...
आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द
प्रदेश १, प्रशासन

आजदेखि विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

नेपाल अखबार, विराटनगर। मोरङको विराटनगर महानगरपालिकाले आज (सोमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो। नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ। बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ। प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो।...
झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

नेपाल अखबार, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।...