आत्मनिर्भर बनाउन युवालाई गाउँमै तालिम
मोहसिन अलि मियाँगोरखा । गण्डकी गाउँपालिका ६ भुम्लिचोकका दिनेश चेपाङ उमेरले २१ बर्ष लागे । गाउँभरीका युवा विदेशीने क्रम बढेसंगै केहि समययता उनलाई घर र आफन्तको पनि दवाव बढ्दै थियो ।
गाउँमै बसेर केहि गर्ने सोच नभएपनि हातमा सीप नभएकाले के गर्ने भन्ने अन्योलता थियो । परिवारको आर्थिक समस्याका कारण गाउँबाट बाहिर गएर सीप सिक्न असमर्थ रहेका चेपाङ बुधबार गाउँकै एक कार्यक्रममा भन्दै थिए ‘जिवनमा केहि गर्न सक्दिन कि भन्ने चिन्ता थियो, अब आशा पलाएको छ ।’
गाउँका धेरैजसो साथीभाई पैसा कमाउन भन्दै विदेशिएका छन् । तर अवसर पाए आफ्नै गाउँमा केहि गर्न सक्ने सपना बुनेका चेपाङले सम्भावनाको ढोका खुलेको बताउछन् ।
हाउस वाइरिङ तालिमको प्रमाणपत्र लिदै उनले भने ‘अब म गाउँमै बसेर काम गर्छु, हातमा एउटा सीप भयो, आफुले सिकेको सीपको सदुपयोग यहि गर्छु ।’ उनीसंगै गाउँका अन्य ३ जनाले समेत ४५ दिने हाउस वाइरिङको तालिम लि...
