Wednesday, June 3

प्रशासन

सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो
प्रशासन

सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो

नेपाल अखबार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो । जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ । इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ । स...
१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ
प्रशासन, समाचार

१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ

नेपालअखबार,  कैलाली।  कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस...
रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय
प्रशासन

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय

नेपाल अखबार, काठमाडौं । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन् । उनले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाएका छन् । उनले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताए । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषी...
सरकारले भन्यो : बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नू
प्रशासन, समाचार

सरकारले भन्यो : बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नू

नेपाल अखबार, काठमाडौं । सरकारले लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्तिलाई कोरोना परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेको छ । लकडाउन खुकुलो भएपछि घरबाट काठमाडौं र अन्य जिल्लामा काममा फर्किने मानिसको संख्या बढेसँगै त्यस्ता मानिसलाई स्थानीय तह, घरधनीहरुले कोरोना परीक्षण गराउन बाध्य पार्ने गरेका छन् । यसप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले जारी गरेको निर्देशिका विपरीत कोरोना परीक्षण हुन नसक्ने बताएको छ । उसले निर्देशिकाभन्दा बाहिर गएर कोरोना परीक्षण नगर्न प्रयोगशाला, स्वास्थ्यकर्मी र अस्पतालहरुलाई पनि आग्रह गरेको छ । ‘बाहिर गएर आउँदा, यात्रा गर्दा संक्रमित हुने जोखिम हुन्छ नै त्यसो भनिरहँदा यात्रा गर्दा वा घरबाहिर गएर आउँदैमा परीक्षण गराइहाल्नुपर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्प्यवस्था निर्देशिकामा छैन’ मन्त्रालयका प्र...
भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर लागू
प्रशासन, समाचार

भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर लागू

नेपाल अखबार, काठमाडौं । असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको  जानकारी दिए । यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू गर्न गृहमन्त्रालयबाट निर्देशन आएको बताए । यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो ।...
अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने
प्रशासन, स्वास्थ्य, हाइलाइट-समाचार

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

नेपाल अखबार, काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् । नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न था...