थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा
नेपालअखबार,बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।
सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।
विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए ।
प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९:२० बजे दोस्रो कक्षा सुरु भएको थियो ।
दोस्रो क...










