Thursday, August 6

प्रशासन

त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द
प्रशासन, समाचार, समाज

त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द

नेपालअखबार, त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । बट्टार बजारबाट मान्द्रेढुङ्गा हु...
१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस
प्रशासन, समाचार

१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगरको अंक ९७.०१६० रहेको छ ।...
निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रशासन, समाचार

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालअखबार, काठमाडाैं। सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार गिरीलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला अदालतले गिरीलाई धरौटीमा छोडेको थियो भने उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो। उच्चको आदेश बेरितको देखिएकाले बदर गरिएको छ। पीडित महिलाले पहिल्यै गिरीविरूद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेकै अवस्थामा काठमाडौंस्थित कोठामा आएर गिरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै अर्को जाहेरी दिएकी थिइन्। उक्त जाहेरीमा अनुसन्धान हुँदा घरबेटीका साथै अरू दुई महिलाले पनि गिरीले पीडित महिलालाई जबरजस्ती गरेको भन्ने कुरा सुनेको भनेर कागज गरिदिएका थिए। यस्तो अवस्थामा गिरी एक्लै किन पीडितको कोठामा गएको कुर...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक
प्रशासन, समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ । काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम...
त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा
प्रशासन, शिक्षा, समाचार

त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग उठ्दै आइरहेको थियो । बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।...
वीरगञ्ज भन्सारबाट ८ महिनामा १ खर्ब मात्र राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्र
अर्थ, प्रशासन, समाचार

वीरगञ्ज भन्सारबाट ८ महिनामा १ खर्ब मात्र राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्र

नेपालअखबार, वीरगञ्ज (पर्सा) । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’ भन्सार कार्यालयले सरदर दैनिक ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२...
सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ
प्रशासन, समाचार

सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ

नेपालअखबार, पोखरा । सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ८ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनबाट सरकारी कागजातहरू चोरी गर्ने उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ९ का २८ वर्षीय सुवीर थापामगर र २९ वर्षीय सरोज थापामगर छन् । उनीहरुले गत चैत १२ गते राति कागजात चोरेका थिए । भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।...
२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा
प्रशासन, समाचार

२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

नेपालअखबार, काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो । सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरू...
पाँच महिनापछि महाकाली पुल निर्माण सुरु
प्रशासन, समाचार

पाँच महिनापछि महाकाली पुल निर्माण सुरु

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम छ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए । उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि स...
सशस्त्रको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
प्रशासन, समाचार

सशस्त्रको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए । उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नि...