Tuesday, August 4

प्रशासन

थाइल्याण्डदेखि ल्याएको १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ
प्रशासन, समाचार

थाइल्याण्डदेखि ल्याएको १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

नेपालअखबार, काठमाडौं । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५०  ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।...
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
प्रशासन, समाचार

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने बताए । ‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुन्छ,’ उनले भने । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको ...
सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार

सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-४ बाँसबारी बस्ने ३७  वर्षीय सोतेन्द्रबहादुर भट्ट रहेका छन् ।भट्ट काठमाडौं महानगरपालिका-४ चन्डोलबाट आइतबार पक्राउ परेका हुन् ।...
यी हुन् समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने ९ दल
प्रशासन, समाचार

यी हुन् समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने ९ दल

नेपालअखबार, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिले (साँझ ५ बजे)सम्म ९ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी,राष्ट्रिय जनमोर्चा लगायत ९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । आज उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो ।...
नक्कली सुन दिएर ५ लाख ठगी, ४ जना पक्राउ
अपराध, प्रशासन, समाचार

नक्कली सुन दिएर ५ लाख ठगी, ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं । सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरकै ५३ वर्षीय वीरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । ८ पुसमा कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुन भन्दै पहेँलो धातु दिएर ५ लाख ठगी गरकेो भन्ने उजुरी प्रहरीमा आएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।...
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन
प्रशासन, समाचार

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो । निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।...
१२ जिल्लामा नयाँ सीडीओ, ६ सहसचिवको पदस्थापन
प्रशासन, समाचार

१२ जिल्लामा नयाँ सीडीओ, ६ सहसचिवको पदस्थापन

नेपालअखबार, काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलहा, सिन्धुपाल्चोक, तनहुँ इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन्। निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ। यस्तै सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दिपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटालाई खटाइएको छ। हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन्। यीमध्ये ६ जना सहसचिव र एक जना उपसचिव हुन्। अन्यलाई सरुवा गरिएको हो। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई सरुवा गरिएको छ। यसअघि उनी नुवा...
निर्वाचन आचारसंहिता स्वीकृत
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

निर्वाचन आचारसंहिता स्वीकृत

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो। आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकत गेरको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थ...
निर्वाचन सुरक्षा प्रहरी भर्नाबारे अन्तिम तयारी
प्रशासन, समाचार

निर्वाचन सुरक्षा प्रहरी भर्नाबारे अन्तिम तयारी

नेपालअखबार, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन सुरक्षा प्रहरीबारे सोमबार गृह मन्त्रालयमा अन्तिम छलफल गरेर टुंग्याउने तयारी अघि बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टा छुट्टै भर्ना गर्ने भन्दै माग गरिएको संख्यामा सोमबार मन्त्रालयले अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो । ‘दुवै सुरक्षा निकायबाट निर्वाचन सुरक्षा प्रहरी भर्नाबारेको खाकासहितको प्रस्ताव आएको छ । त्यसमा मन्त्रालयमा भोलि अन्तिम छलफल गरेर टुंग्याउने तयारी गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो । निर्वाचन प्रहरीको भर्ना, तिनको संख्या, काम, कर्तव्य, अधिकारसहितको निर्देशिका तयार पारेर दुवै प्रहरी संगठनले मन्त्रालयमा यसअघि नै पेश गरेका छन् । उक्त खाकामा आधारमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ । सोमबार पनि यसबारे अन्तिम छलफल गरेर टुंगो लगा...
आयाेगले लियाे निर्वाचनको सुरक्षा तयारीबारे जानकारी
प्रशासन, समाचार

आयाेगले लियाे निर्वाचनको सुरक्षा तयारीबारे जानकारी

नेपालअखबार,  काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सबै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रित रहेको उनले बताए । त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरोकारवाला लगायतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए । आचारसंहिता लागू हुने मिति भने केहि दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सबैले ...