Monday, August 3

प्रशासन

वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ
प्रशासन, समाचार

वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ

नेपालअखबार, काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो । वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा विचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । श्रम स्वीकृतीका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दु:ख हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ ।पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने साथै वैदैशिक रोजगार मुद्दाका संलग्नहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने जस्ता झुट्ठा प्रलोभन देखाइ मोलमोलाइ गर्ने गरेको प्रहरीले बताएको छ ।...
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मंसिर २६ गतेसम्म चल्नेछ । नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्या...
भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा
प्रशासन, विदेश, समाचार

भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा

नेपालअखबार,नयाँ दिल्ली । भारतीय व्यापारी अनिल अम्बानीका छोरा जय अनमोल अम्बानीमाथि सीबीआईले मुद्दा चलाएको छ । सीबीआईले युनियन बैंक अफ इन्डिया (यूबीआई) सँग सम्बन्धित २२८.०६ करोड भारु धोखाधडीको मुद्दामा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । यो मामिला रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल) सँग पनि जोडिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मंगलबार सीबीआईले सार्वजनिक क्षेत्रको बैंकलाई २२८ करोड भारुको वित्तीय नोक्सानीसँग सम्बन्धित यो मुद्दा बैंकको उजुरीमा दर्ता गरिएको जानकारी दिएको हो । यस उजुरीमा आरएचएफएल, जय अनमोल अनिल अम्बानी र रवीन्द्र शरद सुधाकरलाई लक्षित गरिएको छ, जो दुवै कम्पनीका पूर्वनिर्देशक हुन् । ऋणको गलत प्रयोग बैंकको उजुरीअनुसार आरएचएफएलले मुम्बईस्थित आफ्नो शाखाबाट व्यवसायका लागि ४५० करोड रुपैयाँ ऋण लिएको थियो । बैंकले कम्पनीलाई पैसाको सही सदुपयोग गर्न, समयमै ईएमआई तिर...
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न
प्रशासन, समाचार

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

नेपालअखबार,काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त सैनिक अभ्यास ‘सूर्य किरण’ २२ मंसिरमा सम्पन्न भएको हो । यो अभ्यास २०६७ सालबाट नेपाल–भारतले पालैपालो गर्दै आएका छन् । विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा सैन्य अभ्यास भएको छ । अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट पर्यवेक्षक प्रतिनिधिमण्डलको नेतृत्व उपरथी अनुपजंग थापाले गरेका थिए । नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ ।...
फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने
प्रशासन, समाचार

फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते १८ वर्ष पुग्नेलाई मतदान गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई 'कट अफ डेट' निर्धारण गर्ने निर्णय गरेको हो। आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यो समयावधिभित्र नामावलीमा नाम दर्ता गराउनेमध्ये फागुन २० गतेसम्म १८ गते पुग्ने अवस्थामा मतदान गर्न पाउने भएको हो। त्यस दिनभन्दा पछि १८ वर्ष पुग्नेले भने यसपालि मतदान गर्न पाउने छैनन्। मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत संकलन भएको मतदताको विवरण आयोगले आफ्नो वेबसाइटमा राखेको छ। मंसिर २६ गतेसम्म उक्त नामावलीमा भएको त्रुटिलाई सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक...
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
प्रशासन, समाचार, समाज

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

नेपालअखबार,चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मंसिर २१ गतेदेखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उनले भने, “हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।” राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने छ । गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उनले बताए । उनले भने, “ग...
तीन महिनापछि  नख्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ
प्रशासन, समाचार

तीन महिनापछि नख्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ

नेपालअखबार,विराटनगर । जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते भदौ २४ नख्खु कारागारबाट फरार भएका थिए । आन्दोलनको क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।...
नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने
प्रशासन, समाचार, समाज

नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् । जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् । नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवा...
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै
प्रशासन, राजनीति, समाचार

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए । त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सद...
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं
प्रशासन, समाचार, हाइलाइट-समाचार

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताएका हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका  लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए। ‘हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा...