Saturday, August 1

प्रशासन

सर्वोच्चको आदेश प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने
प्रशासन, समाचार

सर्वोच्चको आदेश प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।...
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
प्रशासन, समाचार

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।उनले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । साथै उनले ...
सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार

सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछ...
मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो
प्रशासन, समाचार, समाज

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो

नेपालअखबार,  काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संखया एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो । छुटेका मतदाताका लागि भनेर सरकारले अध्यादेश ल्यायो । अध्यादेश अनुसार ९ असोज देखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो ।थपिएको समयमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् । आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।...
उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौँ महानगर
प्रशासन, समाचार

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौँ महानगर

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डङ्गोलको भनाइ छ । उनले महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको बताइन् । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने उनको भनाइ छ । “घरमै बसे पनि हातमा केही न केही सीप हुन सक्छ । कसैलाई मीठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सीप हो । मैले के जानेको छु र ? भनेर नबस्नु होला”, उनले महिलाहरूलाई प्रोत्साहित गरिन् । महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थित...
गोरखामा चोरीका मोटरसाइकल लक्षित छड्के जाँच
प्रशासन, समाचार

गोरखामा चोरीका मोटरसाइकल लक्षित छड्के जाँच

नेपालअखबार,गोरखा । गोरखामा मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले छड्के जाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी जाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरुलाई फोकस गरेका छौं,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुई/तीन दिन आरुघाटबाट सोती हुँदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच गर्‍यौं ।’ सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरु चल्ने जनगुनासो आएकाले निगरानी बढाइएको उनले जानकारी दिए । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै बेवारिसे अवस्थामा फेला परेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्बरको बाइक सडक छेउमा चाबी फुटाएको अवस्थामा लामो समयदेखि बेवारिसे रहेछ, हामीले नियन्त्रणमा लिएका छौं,’ अर्यालले भने । उक्त बाइक चोरीको भए/नभएको अनुसन्धान भइरहेको उनले बताए । चेकिङको क्रममा १३ वटा...
निर्वाचनमा भाग लिने मतदाताको उमेर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने
प्रशासन, समाचार

निर्वाचनमा भाग लिने मतदाताको उमेर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि फागुन २० गतेभित्र १८ वर्ष पुरा हुनुपर्ने भएको छ । आयोगले आजबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत भएको छ। फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । आगामी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।...
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश
प्रशासन, समाचार

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालअखबार,काठमाडौँ ।   सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश गरेको हो । प्रसाईंको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा छोरा निराजन प्रसाईले मंसिर ३ गते बन्दीप्रत्यक्षीकरणको दर्ता गरेका थिए । प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो । उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । उनले एनपीएल समेत रोक्न आग्रह गरेका थिए ।...
एकदुई हप्तामै राहदानी सेवा सरल हुने
प्रशासन, समाचार

एकदुई हप्तामै राहदानी सेवा सरल हुने

नेपालअखबार,काठमाडौँ । राहदानी विभागले एक दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १–२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको छ । हालैका दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ । विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ । विभागले भनेको छ, “यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा देहायको कुनै माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ...
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो। उनले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। पछिल्लो समय उनले समाज भड्काउने अभिव्यक्ति दिएको आरोप छ।...