Monday, June 1

प्रशासन

नआत्तिनुस्, मतदाता नामावलीमा नाम छ र फागुन २० गते १८ वर्ष पूरा भए भोट हाल्न पाइन्छ
प्रशासन, समाचार

नआत्तिनुस्, मतदाता नामावलीमा नाम छ र फागुन २० गते १८ वर्ष पूरा भए भोट हाल्न पाइन्छ

नेपालअखबार,काठमाडौं ।  अन्तरिम सरकारले फागुन २१ गते आमनिर्वाचन हुने घोषणा गरेपछि धेरैलाई आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने चासो छ। नागरिकता बनाउँदा मतदाता नामावलीमा नाम टिपाएका जेन–जी युवाहरूलाई त आफ्नो नाम सूचीमा परेको छ कि छैन भनेर हेर्न अझै बढी उत्सुकता छ। आउँदो चुनावमा जेन–जी युवाहरूलाई जसरी पनि मतदान गर्न आह्वान गरिएकाले उनीहरू सूचीमा नाम हेरेर आश्वस्त हुन चाहन्छन्। त्यही भएर केही दिनदेखि निर्वाचन आयोगको वेबसाइटमा मतदाता नामावली खोज्ने क्रम ह्वात्तै बढेको छ। तर यहाँ समस्या के आयो भने, निर्वाचन आयोगको वेबसाइट क्लिक गरेर मतदाता नामावलीमा जाँदा एउटा सूचना देखिन्छ। त्यो सूचनामा '२०८२ कात्तिक १६ सम्म १८ वर्ष उमेर पुग्ने' भनेर लेखिएको छ। यसले नामावली खोजिरहेकाहरूलाई २०८२ कात्तिक १६ सम्म १८ वर्ष उमेर पुगेकाहरूले मात्र अर्को निर्वाचनमा भोट हाल्न पाउने हुन् कि भन्ने भ्रम सि...
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
प्रशासन, समाचार

कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार

नेपालअखबार,गण्डकी । ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ । प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।  जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए। उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन...
नेपाल प्रहरीका ४८ एसपीको सरुवा
प्रशासन, समाचार

नेपाल प्रहरीका ४८ एसपीको सरुवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो । अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ । अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ । हेर्नुहोस् सरुवाको सूची–      ...
धनुषाबाट ४७५ किलो गाँजासहित दुईजना पक्राउ
प्रशासन, समाचार

धनुषाबाट ४७५ किलो गाँजासहित दुईजना पक्राउ

नेपालअखबार, जनकपुरधाम । धनुषाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । धनुषा बिदेह नगरपालिका–३ जोगियारा स्थित स्थानीय हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा २५ वटा पोकामा लुकाएर राखिएको ४७५ किलो गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उक्त गाँजा प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअपमा धरानबाट ल्याएर राखिएको थियो । उक्त पिकअप गणेशमान चारनाथ नगरपालिका वडा नं ४ विरेन्द्रबजारबाट नियन्त्रणमा लिएर चालक सहचालकलाई सोधपुछ गरेपछि सो रहस्य खुलेको थियो । चालक धादिङ बेनिघाट रोलाङ गाउँपालिका – घर भएका  २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय रोहित चमारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केपरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएक...
सिन्धुलीबाट फरार भएका ४७१ मध्ये २५४ कैदी कारागार फर्किए
प्रशासन, समाचार

सिन्धुलीबाट फरार भएका ४७१ मध्ये २५४ कैदी कारागार फर्किए

नेपालअखबार,काभ्रेपलाञ्चोक । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् । गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । केही कैदीलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । सिन्धुली कारागारबाट फरार भएका मध्ये २ जना काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीका अनुसार फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको जानकारी दिए । बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ ।फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताएका छन् । कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई...
गृहमन्त्रीले लिए ७७ जिल्लाका सीडीओसँग सुरक्षालगायतको ब्रिफिङ
प्रशासन, समाचार

गृहमन्त्रीले लिए ७७ जिल्लाका सीडीओसँग सुरक्षालगायतको ब्रिफिङ

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेका छन् । भर्चुअल रुपमा गरिएको छलफल तीन कुरामा केन्द्रित भएको थियो । बैठकमा शान्ति सुरक्षा, नजिकै आएको चाडपर्व अनि संविधान दिवस मनाउने बारेमा छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । अर्यालले सोमबार जिम्मेवारी सम्हालेपछि सबै जिल्लाका सीडीओहरुसँग त्यहाँकै अवस्थाबारे ब्रिफिङ लिएको र उनले केही निर्देशन पनि दिएको एक सीडीओले बताए । उनका अनुसार जेनजीहरु आन्दोलनपछि सुरक्षा थ्रेट महसुस गरिरहेको सूचना गृह मन्त्रालय र मन्त्रीलाई आउन थालेपछि उनीहरुको विशेष निगरानी गरी सुरक्षाको प्रत्याभूति दिने अनि सबै नागरिकको सुरक्षामा सुरक्षा निकायलाई केन्द्रित गरी काम गर्न गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् । त्यस्तै भर्खरैमात्र अन्तरिम सरकार बनेको र देशभर नै आन्दोलन र डरको वातावरण भएकाले विशे...
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
प्रशासन, समाचार

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

नेपालअखबार,काठमाडौँ  । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । यही भदौ २३ २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन...
काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी
प्रशासन, समाचार

काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

नेपालअखबार,काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् । उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ । दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ । रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयो...
कास्की प्रशासन खुल्यो, दुईवटा कोठाबाट सेवा सुरु
प्रशासन, समाचार

कास्की प्रशासन खुल्यो, दुईवटा कोठाबाट सेवा सुरु

नेपालअखबार,पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुईवटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ । जेनजी आन्दोलनका नाममा भएको आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएको छ । परिसरभित्रको दुईकोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबारदेखि सेवा दिन सुरु गरेको हो । शान्तिसुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने उनको भनाइ छ । जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरी विभिन्न व्यक्तिहरुले प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ । यसअघि नै सूचना जारी गरी अवाञ्चित गतिविधिमा संलग्नहरुको फोटो र भिडियो प्रमाणका रुपमा प्रशासन र प्रहरीला...
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
प्रशासन, राजनीति, समाचार

मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने

नेपालअखबार,काठमाडौं । मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको छ । तर, मनाङको प्रदेश सभा क्षेत्र २ मा उपनिर्वाचन गर्ने विषयमा केही निर्णय भएको छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रतिनिधि सभा विघटन भएकोले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको बताए । ‘तर, प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ’ सूचना अधिकारी घिमिरेले भने । ४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङे...