Monday, June 1

प्रशासन

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
अपराध, प्रशासन, समाज

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

नेपालअखबार,काठमाडौँ । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् । आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले  बताए । उनीहरू लु‍.९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । उनीहरूलाई रकम दिने व्यक्तिबारे अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।...
सशस्त्रमा ७७ जना अधिकृतको बढुवा सिफारिस
प्रशासन, समाचार

सशस्त्रमा ७७ जना अधिकृतको बढुवा सिफारिस

नेपालअखबार, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका ७७ पदमा बढुवा सिफारिस भएको छ। सोमबार राति प्रधान कार्यालयले बढुवा समितिको निर्णय अनुसार डिएसपी देखि एसएसपीसम्मका ७७ अधिकृतको बढुवा सिफारिस गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा ४८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो। सशस्त्रका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार अधिकृतहरूको जेष्ठता, व्यवसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरिएको हो। एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचका पहिलो चरणमा एसपी भएकाहरू छन्। एसपीमा सिफारिस भएकाहरू तेस्रो ब्याच र सोही ब्याचका वैकल्पिक समूहमा परेकाहरू छन्। डिएसपीमा बढुवा सिफारिस भएकाहरू...
बजेट ल्याउन नसकेका स्थानीय तहमा सहसचिव नेतृत्वको ३ टोली खटिने
प्रशासन, समाचार

बजेट ल्याउन नसकेका स्थानीय तहमा सहसचिव नेतृत्वको ३ टोली खटिने

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो । टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् । सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।मन्त्रालयका अनुसार १० असार भित्र बजेट स...
नेपालको खाद्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक
प्रशासन, समाचार, समाज

नेपालको खाद्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

नेपालअखबार,काठमाडौं । नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उच्च अंक प्राप्त गरेको हो । विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबीएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी १७०२५:२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने सकिने छ । विभागले यसअघि ३ सय ८६ परीक्षण सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो संख्या ८ सय १४ मा पुर्‍याउन सफ...
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
प्रशासन, समाचार, समाज

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

नेपालअखबार,कञ्चनपुर ।  कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।...
सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ

नेपालअखबार, स्याङ्जा ।  आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर प्रहरी कार्यालयमा चोरी भएको भन्दै झुट्टा निवेदन दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। स्याङ्जाको आँधिखोला गाउँपालिका-१ मा सुनका गहना लुकाएर चोरी भएको भन्दै निवेदन दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिए। ४१ वर्षीय चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ पक्राउ परेका छन्। उनीहरूले साउन १२ गते बेलुकी घरबाट ७.५ तोला बराबरको सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भनेर निवेदन दिएका थिए। उक्त निवेदनपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। चन्द्रकुमारीले विदेशमा रहेका श्रीमानलाई पनि सुन चोरी भएको जानकारी गराएकी थिइन्। प्रहरीले अनुसन्धान गर्दा चन्द्रकुमारीले देवर धनराजसँग मिलेर लुकाएको आशंका गरेको थियो पछि घर कम्पाउण्डमै सुन फेला परेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अ...
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३४ उपसचिवको सरुवा
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३४ उपसचिवको सरुवा

नेपालअखबार,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।  शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो । सूची-...
प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ
प्रशासन, समाचार

प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ

नेपालअखबार,सप्तरी । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन्  । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।...
दाङको लमही-घोराही सडक २१ साउनदेखि ४ दिन बन्द हुने
प्रशासन, समाचार, समाज

दाङको लमही-घोराही सडक २१ साउनदेखि ४ दिन बन्द हुने

नेपालअखबार,दाङ। दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै  साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । यो सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । त्यसको व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई भनिएको छ । साथै मसोट खोला पुल नजिकको डाइभर्सन सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सन्चालनको व्यवस्था मिलाउन...
राष्ट्रिय परिचयपत्र ऐनको त्यो संशोधन, जसले खोल्यो पाँच प्रकारका प्रमाणपत्र सच्याउने बाटो
प्रशासन, समाचार

राष्ट्रिय परिचयपत्र ऐनको त्यो संशोधन, जसले खोल्यो पाँच प्रकारका प्रमाणपत्र सच्याउने बाटो

नेपालअखबार,काठमाडौँ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । दर्जनौँ ऐनमा संशोधन गर्नेगरी संसदबाट पारित भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै लागु समेत भएको छ । त्यसरी संशोधन भएको विधेयकमध्ये एउटा विधेयक हो, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६’ । उक्त विधेयकको दफा २५ मा संशोधन गर्दै व्यक्तिगत घटना दर्तासम्बन्धी प्रमाणपत्र एकपटकका लागि सच्याउन सक्ने व्यवस्था गरेको छ । उक्त दफाको संशोधित उपदफा १ मा भनिएको छ, ‘कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’ के के विवरण सच्याउन सकिन्छ ?  संशोधित दफाको सच्याउन सक्ने विवरणमा ‘व्यक्तिगत घटना दर्ता’ भनेर उल्लेख गरिएको छ । यस अन्तर्गत विभिन्न जन्म, मृत्...