तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
नेपालअखबार ,फुङ्लिङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलेको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।
टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।
फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो ।...









