Monday, June 1

प्रशासन

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
अपराध, प्रशासन, समाचार

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

नेपालअखबार, चितवन। गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल,  चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो। सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए । यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा  वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गत...
माघ १ देखि स्मार्ट लाइसेन्स छापिने
प्रशासन, समाचार

माघ १ देखि स्मार्ट लाइसेन्स छापिने

नेपालअखबार ,काठमाडौं । करिब १२ लाख स्मार्ट लाइसेन्स कार्डको ठेक्का पाएको जर्मन कम्पनीले बुधबार कार्ड पठाएको छ । जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा पठाएको ६ लाख कार्ड भोलि नै नेपाल आइपुग्ने छ । बाँकी ६ लाख कार्ड  म्युहलबाअरले अर्काे चरणमा पठाउने छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बिहीबार कार्ड आइपुग्ने र परिक्षण गरी माघ १ गतेदेखि छपाइ सुरु हुने बताएका हुन् । रिजाललेभने, “जर्मनीबाट आज कार्ड पठाइसकेको छ । हवाई कार्गो भएका कारण भोलि नै आइपुग्छ । एक साताभित्रै परीक्षण गरेर माघ एक गतेदेखि छाप्न सुरु गर्छाैं ।” दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको उनले बताए । दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापिसक्ने बताएका छन् । हाल १२ लाखभन्दा बढी सेवाग्राहीको स्मार्ट लाइसेन्स छाप्न बाँकी ...
नेपालगन्ज उपमहानगरले डोजर लगाएर नष्ट गर्‍यो अवैध रुपमा सञ्चालित ई–रिक्सा
प्रशासन, समाचार

नेपालगन्ज उपमहानगरले डोजर लगाएर नष्ट गर्‍यो अवैध रुपमा सञ्चालित ई–रिक्सा

नेपालअखबार, नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो। गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो। नष्ट गरिएका ई–रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए।...
राष्ट्रिय सभा निर्वाचन: १९ पदमा ८ दलका ५२ जनाको उम्मेदवारी
प्रशासन, समाचार

राष्ट्रिय सभा निर्वाचन: १९ पदमा ८ दलका ५२ जनाको उम्मेदवारी

नेपालअखबार, काठमाडाैं। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दिएका छन्। सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो। राष्ट्रिय सभाको निर्वाचन रिक्त हुने १९ पदको लागि हुँदैछ। त्यसका लागि ५२ जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यस निर्वाचनमा आठ वटा दलले भाग लिँदैछन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले यस निर्वाचनमा उम्मेदवारी दिएका छन्। कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट गरी जम्मा पाँच जनाको उम्मेदवारी ...
बागलुङको पाँच पालिका अझै भाडाकै घरमा
प्रशासन, समाचार

बागलुङको पाँच पालिका अझै भाडाकै घरमा

नेपालअखबार, बागलुङ । बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् । निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो । जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन । करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ । अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गा...
ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन
प्रशासन, समाचार

ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

नेपालअखबार, सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए । “इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो,” अध्यक्ष जैसीले भने, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदानप्रदानको कामसमेत सहज हुनेछ ।” गाउँपाल...
दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण
प्रशासन, समाचार, समाज

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

नेपालअखबार, दमौली ।  तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका छन् । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ ।  अध्यक्ष श्रेष्ठले भने, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ ।” गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । उपाध्यक्ष घिमिरले फोहर सङ्कलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन ...
नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय
प्रशासन, विश्व, समाचार

नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय

नेपालअखबार, ढाका । बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानुन उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् । न्यायाधीशले युनुससहित अरू ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानुन उल्लङ्घन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए । न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए । न्यायाध...
पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको रिपोर्ट सहितको फाइल अदालतमा दर्ता
प्रशासन, समाचार

पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको रिपोर्ट सहितको फाइल अदालतमा दर्ता

नेपालअखबार,  पोखरा । पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको रिपोर्ट सहितको फाइल अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीको रिपोर्टका आधारमा थप अनुसन्धान गरी फाइल अगाडी बढाएको हो । सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सहकारीका ५ जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन् । फरार रहेकाको खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक सदस्य गोपाल खनाल, राजु बराल र बुद्धीसागर पौडेल पक्राउ परेका छन् । सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भनेर घुस खाएको आरोपमा आरोपमा तत्कालीन प्रदेश रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ...
२ सय किलो आखेटोपहार सहित दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

२ सय किलो आखेटोपहार सहित दुई जना पक्राउ

नेपालअखबार, संंखुवासभा। संंखुवासभा प्रहरीले मकालु वरूण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जंगली जनावर सालकको आखेटोपहार सहित दुई जनालाई पक्राउ गरेको छ। आखेटोपहार सहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटे र एक महिला छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरीले उनीहरूलाई गए राति दुई सय किलो आखेटोपहार सहित पक्राउ गरेको हो। पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने प्रहरीले बताएको छ।...